Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

भद्रबासमा नेपाल रेडक्रस सोसाइटीको भवन शिलान्यास

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ ।

भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गरे । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख बजेट उपलब्ध गराएको उपशाखाले जनाएको छ ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री फुयाँलले मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार वाग्मती प्रदेश यातायात सञ्चालन बोर्ड गठन गरिएको जानकारी दिए । बोर्डले ३० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको जानकारीसमेत उनले बताए । बोर्डका लागि तीन अधिकारी खुला प्रतियोगिताबाट पूर्ति गर्न लागिएकोसमेत जनाइएको छ ।

“प्रदेश सरकारले तीन प्रतिशत ब्याजमा सहुलियत ऋण दिएर आयआर्जन गर्न चाहनेलाई सहयोग गर्न कार्यविधि ल्याएको छ, यसका लागि प्रदेश सरकारबाट रु तीन अर्ब बजेट विनियोजन भएको छ”, उनले बताए ।

प्रदेश सरकारले उपत्यकाका काठ क्षेत्रका तीनै जिल्ला जोडिने गरी १५५ किमी लामो काठ उपत्यका चक्रपथ निर्माणका लागि छिट्टै ठेक्का गर्न लागेको जानकारीसमेत उनले बताए ।

कार्यक्रममा सोसाइटीका काठमाडौँ शाखा सभापति मथुराराम श्रेष्ठले सरकारले जेनेभा सन्धिमा हस्ताक्षर गरेपछि मात्र रेडक्रस स्थापना हुनसक्ने भएकाले अरु सामाजिक संस्थाजस्तो बुझ्न नहुने बताए ।

शाखाका मन्त्री श्यामकाजी डोटेलले काठमाडौँका फर्पिङ, कपन र शङ्खरापुर शाखाले यसअघि नै भवन निर्माण गरिसकेकामो जानकारी दिए । उपशाखाका लागि गाडी सहयोग गर्न पनि शाखाले पहल गर्ने उनको प्रतिबद्धता थियो । उपशाखा सभापति वासुदेव पौडेलले भवनमा १२ बाई २४ को एक हलसहित चार कोठा निर्माण गरिने बताए ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त रु १५ लाखबाहेक अरु बजेट चन्दाबाट नै सङ्कलन गर्नुपर्ने उपशाखाका सचिव लक्ष्मीप्रसाद कुइँकेलले जानकारी दिए । भवन निर्माणका लागि छुट्टै समिति गठन गरी सहयोग जुटाउने काम भइरहेको उपसभापति हरिशरण ढकालले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending