Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् । शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्फत उनले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

जहानीयाँ राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशको लागि आहूति दिने चार महान शहीदसहित तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने वीर सपूत सधैँ मुलुकका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानको मर्म र भावनाअनुरुप सहअस्तित्व, सहकार्य र समन्वयको सिद्धान्तबमोजिम तीनै तहका सरकारबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त उपलब्धिबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनले विश्वास व्यक्त गरेका छन् । मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यस दिनले हामी सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending