Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रमको प्रभावकारिता

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ ।

रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित दिवा खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई पनि प्रदान गरिएको बताए । सङ्घीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताए ।

खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्यालको दाबी छ । कक्षा पाँचसम्मका लागि रु २० लाख र कक्षा ६ देखि ८ सम्मलाई रु १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । तिनाउ गाउँपालिकास्तरीय शिक्षा समितिका सदस्य चक्रब्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी सङ्ख्या बढेको बताए ।

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुँदा शिक्षण सिकाइ प्रक्रियासमेत प्रभावकारी बनेको सदस्य थापाको भनाइ छ । स्थानीयस्तरमा उत्पादित पोषणयुक्त खाजा खाने विद्यार्थीमा स्वास्थ्यका दृष्टिकोण फाइदाजनक रहेको छ । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गस्थित कालिका माविका प्रधानाध्यापक जर्नादन पोखरेलले दिवा खाजाले बालबालिकामा अल्छीपन नहुने हुदाँ शिक्षण सिकाइ प्रक्रियामा उत्साहका साथ सक्रियता रहने बताए ।

पोषणयुक्त आहाराका कारण शारीरिकरुपमा समेत स्वच्छ रहन्छन् । निजी र सरकारी स्कूलबीचको समानता रहेका प्रअ पोखरेलको दाबी छ । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या उत्साहजनक रहेको छ । शिक्षा समिति सदस्य थापाका अनुसार प्रावि तहका बालबालिकाभन्दा बालशिक्षामा दिवा खाजापछि विद्यार्थीको आकर्षण बढ्दो रहेको छ । कोरोना सङ्क्रमणपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा व्यवस्थापनमा समस्या देखिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending