Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

अलैँचीबाट उकासिए लमजुङका कृषक

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उनी नेपाल फर्किए । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उनले झलक्क सम्झिए, छिनखोलाकै पाखो पखेरो ।

उतिबेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उनले शुरु गरे अलैँची खेती । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उनी अहिलेका उम्दा अलैँची कृषक । शुरुमा एक रोपनी जग्गामा अलैँची खेती विस्तार गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्
अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाख बढी कमाएको उनले जानकारी दिए । यस वर्ष पनि सोही हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गरे । यस वर्ष उनले ४०० किलो अलैँची उत्पादन गरेका थिए । अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ । उनले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आएका छन् ।

अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२÷१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाइ छ । उनलाई यसरी वार्षिक यतिका रकम आम्दानी हुँदा शुरु शुरुमा त सपनजस्तै हुने गरेको थियो । उनले कहिल्यै यस पेशाबाट आम्दानी गरको थिएन । अलँैची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको उनले अनुभव सुनाए । “त्यहाँ दुःख गरेपनि वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन सकेन । अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक रु १२÷१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ हुने गरेको छ”, उनले भने, “यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।”

तामाङद्वय जस्तै अर्का अलैँची कृषक मस्र्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक रु ९÷१० लाख आम्दानी गर्दै आएका छन् । अलैँची खेति शुरु गर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उनी विदेश पुगे । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडीमुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आएका छन् । यस वर्ष अलैँची बिक्रीबाट करीब रु पाँच लाख आम्दानी गर्न सफल भएको उनले जानकारी दिए । विदेशमा दुई लाख रुपैयाँ आम्दानी गर्न कठिन भएको बताउँदै उनले अहिले अलँैचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाए । “विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ”, उनले भने ।

अलैँची खेती यस जिल्लामा ३६ वर्षअघिबाट शुरुआत भएको अलैँची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । अलैँची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उनले बताए । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेको जनाउँदै उनले परम्परागत खेतीभन्दा अलैँची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको बताए । जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका छन् ।

जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies