Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

विराटनगर । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक÷पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरेका छन् ।

“जहाँनिया शासन, तानाशाही निर्दलीय एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त पार्न आफ्नो जीवनलाई उत्सर्ग गर्ने महान्् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु”, सन्देशमा प्रदेश प्रमुख अधिकारीले भन्नुभएको छ, “बेपत्ता र पीडित नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको छ ।”

सन्देशमा उनले देशमा राजनीतिक सहमतिमार्फत दिगो शान्ति स्थापना गर्दै देश विकासमा जुट्न सकेमा सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताउँदै राष्ट्रको सम्मुन्नत दिगो विकासमा अझ सुदृढ र एकजुट भएर लाग्न आम जनसमुदायमा अनुरोध गरेका हुन् ।

यो दिवसले स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताको मजबुत सूत्रमा बाँधिएर मन, वचन र कर्मले शहीदहरुको सपनालाई साकार पार्ने प्रेरणा मिलोस् भनी उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies