कनकाई । झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् ।
नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिए । विपन्न परिवारका बिरामीले खर्च अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधोपचार कोषमार्फत सो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारिसका आधारमा सेवा उपलब्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिए । मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले सरकारी बीमाजस्तै विपन्न नागरिक उपचार कोषमार्फत रु एक लाखसम्मको उपचार सेवा सञ्चालनमा ल्याएको बताइएको छ ।
नेपाल सरकारले यसअघि चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमार्फत रु एक लाखको उपचारमा सहयोग दिँदै आएको थियो । अब यो सरकारी सहयोग पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्दा पनि प्राप्त हुने भएको छ । हालसम्म अस्पतालबाट १४० बिरामीले यो सुविधाका लागि सिफारिस लिइसकेको बताइएको छ । त्यस्तै २७ हजार ८०० बिरामीले ओपिडीमार्फत सेवा लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा यादवले जानकारी दिए । उनका अनुसार क्यान्सर अस्पतालले यो सेवा शुरु गरेयता ३०० जनाको सर्जरी भइसकेको छ ।
अत्याधुनिक सुविधासम्पन्न यो अस्पतालमा राम्रो उपकरण र सुविधा भए पनि बिरामी रु एक लाख सहयोग पाउने आशाले भरतपुर धाउने गरेको बताउँदै उनले अब त्यो सुुविधा यहाँकै अस्पतालमा पाउने भएपछि बिरामीको चाप बढ्न थालिसकेको जानकारी दिए । क्यान्सरका बिरामीलाई आवश्यक पर्ने सबै उपचारमा विपन्न नागरिक औषधोपचार कोषको सुविधा लागू हुने बताइएको छ । यो सुविधा पाउनका लागि बिरामीलाई क्यान्सर लागेको पुष्टि हुने बायोप्सी रिपोर्ट अनिवार्य गरिएको छ ।
बिरामीले सर्वप्रथम अस्पतालमा क्यान्सरको डाइग्नोसिस गराएको हुनुपर्ने र त्यही कागजको आधारमा आफ्नो स्थानीय तहमा गएर विपन्नताको सिफारिस ल्याउनुपर्ने बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: