Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

औषधि उपचार गर्न व्यक्तिगत खर्च गर्नुपरेको कैदीबन्दीको गुनासो

सिमकोट । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् ।

सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उनलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन । उनले भने, “जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको छ, औषधोपचारका लागि पनि आफैँले आर्थिक खर्च गर्नुपर्ने, खेल्ने, सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन ।”

कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतका लागि बनाइएका दुई कोठामा सीमित भएर बस्नुपरेको उनले गुनासो गरे । उक्त क्षेत्रमा बसाइका हिसाबले सुधारगृह नभएर यातनागृह जस्तै महसुस भएको उनले गुनासो गरे । साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको जोखिम भएको रोकायाले बताए। हालसम्म हिरासतमा विभिन्न मुद्दामा फैसला भएका छ कैदी र पाँच पुर्पक्षमा थुनुवा रहेका गरी ११ जना रहेका छन् ।

कारागार प्रमुख डवले रावतले कारागार स्थानान्तरणका लागि माघ ११ गते केन्द्रीय विभागमा पत्राचार गरिएको बताए । “विभागबाट परिपत्र आउनेबित्तिकै हुम्लाको कारागारमा रहेका छ कैदीबन्दी जिल्ला बाहिर तुरुन्तै स्थानान्तरण हुने छन् ।” त्यस्तै कैदीबन्दीले आफ्नै खर्चमा औषधोपचार गरेको भए पनि कारागारले सो रकम एकलौटी चौमासिकरूपमा भुक्तानी गर्ने भएको जानकारी प्राप्त भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending