Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ ।

चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनको न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंक मार्फत हस्ताक्षर भएको थियो ।

सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो ।

नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुबै मुलुकका अधिकारीहरुबीच वार्ता भइरहेको थियो ।

क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ ।

साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ ।

साथै दुबै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending