Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

आम्दानीको स्रोत भैँसीपालन

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् ।

गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन् । चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी पालिरहेका छन् । अन्य पेशाभन्दा भँैसीपालनबाट सुवेदीले राम्रो आम्दानी गरेका छन् । उनले जग्गा लिएर भैँसी फार्म निर्माण गरेका हुन् । दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटकोपसलहरुमा दूध पु¥याउन जान्छन् ।

बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ । बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्न गरेको सुवेदीको भनाइ छ । दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको सुवेदीको भनाइ छ । खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ ।

फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन् । तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन् ।

फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ । करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ । हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE