झिमरुक । सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ ।
तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ । दर्भानका स्थानीय केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले साझेदारीमा व्यावसायिकरुपमा खेती गर्दै आएका छन् ।
दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बा र एक हजार २०० ड्रागनका बोट लगाएको सञ्चालक गुरुङले जानकारी दिए । भारतको तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको विरुवा लगाइएको छ । “नेपालका विभिन्न क्षेत्रमा भारत तथा चाइनाबाट अम्बा खरीद गरिएको पाइन्छ”, उनले भने, “जिल्लासँंगै छिमेकी जिल्लामा खपत हुने विश्वासले खेती गरेका हौँ ।” एक वर्षको अवधिमा दुई चरणमा अम्बा फलेको र बेचेको सञ्चालक गुरुङले बताए । “दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बेचिसक्यौँ”, उनले भने, “अब तेस्रो चरणको अम्बा फल्दैछ ।” प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे पनि अम्बा खेती राम्रो हुने उनले बताए ।
त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं ०७७ साउनदेखि कात्तिक महिनाको अवधिमा एक क्विन्टल ड्रागन फ्रुटको बिक्री भएको जनाइएको छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फु्रटको खेती गरिएको हो । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने उनले बताए । फार्ममा रातो र सेतो गरी दुईथरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री गरेको उनले बताए ।
उत्पादित फु्रट जिल्लासँगै बुटवल, काठमाडौँमा माग आएअनुसार खपत भएको हो । नेपालमै यो खेती कम मात्रा गरिएकाले बिक्रीवितरण सहजरुपमा हुने विश्वास लिएको उनले बताए । तीन जनाको करीब रु २५ लाख लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कट्ठा जमीन भाडामा लिइ उक्त खेती गरिएको हो । ड्रागन फु्रट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर, ४०० बिरुवा स्टाबेरीको पनि खेती गरिएको छ ।
सानैदेखि किसान खेती गर्दै आउनुभएका उहाँले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशा अगालेको जानकारी दिए । भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारत खासै कृषि क्रान्ति भएन । उनले बताए, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले यी खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।
व्यवसाय सञ्चालनका लागि एक जना व्यवस्थापक पनि राखिएको छ भने धेरै काम गर्ने समयमा अन्य कामदार पनि खटाउने गरिएकोसमेत उनले जनाए । हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: