Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप

भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम शुरु गरेको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदानस्थल तथा मतदान केन्द्र छनोटसमेत गरेको छ । बैठकले षडानन्द नगरपालिका–२ साविककोे गाविस भवनमा रहेको मतदानस्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोही नगरपालिका–६ जनकल्याण आधारभूत विद्यालयको कोड नं ३८४३ स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ । अरुण गाउँपालिका–६ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई हटाएर नयाँ मतदानस्थलका रूपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको कोड नं ४०७० मतदान केन्द्र हटाएर नयाँ मतदानस्थल शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ ।

त्यस्तै वडा नम्बर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदानस्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्बर ८ जनजागृति निमावि जरेकोटमा रहेको मतदानस्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले बताए । मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र रहेका छन् । यसअघिको निर्वाचनमा भन्दा छ वटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ । अबका दिनमा मतदाता अध्यावधिकको काम शुरु गर्ने कार्यालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies