काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।
शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।
छ दिनको अवधिमा नागरिक एप तीन लाख बढीले डाउनलोड गरेतापनि दुई लाख २५ हजार अर्थात् ७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेका छैनन् । धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।
उनका अनुसार ८५ हजार प्रमाणीकरण भएका प्रयोगकर्तामध्ये बुधबार मध्यान्न (१२ बजे)सम्म ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् । परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएतापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको पोखरेलले बताए । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीले जनाए ।
केन्द्रको तथ्याङ्कअनुसार हालसम्म ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । यसैगरी, १९ हजार १०९ जनाले एसएलसीको प्रमाणपत्र र आठ हजार ४८६ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याईएको हो । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।
धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासोपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । मन्त्रालयले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरु भएको जनाएको हो । नागरिकतामा भएको त्रुटि आफैँले सच्याउँन मिल्ने प्रविधिको विकास गर्ने काम अघि बढाइएको जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: