रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् ।
एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना हुनेगरेको छ ।
साउदी अरबको मानवअधिकार आयोगले सोमबार सार्वजनिक रिपोर्टमा भनिएको छ, “सन् २०२० मा साउदी अरबमा २७ व्यक्तिलाई मृत्युदण्डको सजाय भएको छ । यो गत वर्षको तुलनामा ८५ प्रतिशतले कमी हो ।सरकारले लागुऔषधसम्बन्धी अपराधका लागि मृत्युदण्ड दिने सजायमा रोक लगाएको छ ।
“आयोगले यस समाचारलाई राज्यको न्याय प्रणालीले सजायमा मात्र नभई पुनःस्थापना र रोकथाममा बढी ध्यान दिइरहेको छ भन्ने सङ्केतको रूपमा स्वागत गरेको छ,” मानवअधिकार आयोगका अध्यक्ष अवाद अलावादद्वारा हस्ताषरित एक विज्ञप्तिमा भनिएको छ ।
लागूपदार्थसम्बन्धी अपराध हेर्न बनेको समितिका अनुसार राज्यले अहिंस्रक अपराधीहरूलाई अपराध नदोहोराउन दोस्रो मौका दिइरहेको छ ।” सन् २०१९ मा साउदी अरबले १८४ जनालाई मृत्युदण्डको सजाय दिएको एम्नेस्टी ईन्टरनेशनलको तथ्याङ्कमा उल्लेख छ । यो एक वर्षमा मृत्युदण्ड दिइएको सङ्ख्याको उच्च रेकर्ड हो ।
बेलायतस्थित मानव अधिकार अभियान समूह, रिप्राइभले सन् २०२० मा साउदी अरबमा २५ जनालाई मृत्युदण्ड दिएको बताएको छ । यो २०१३ मा मृत्युदण्डको कार्यान्वयनमा निगरानी सुरु गरेदेखि सबैभन्दा कम सङ्ख्या हो तर सन् २०२१ मा यो सङ्ख्या बढ्नसक्ने चेतावनी पनि दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “गिरावटमा आंशिक योगदान कोभिड–१९ को बन्दाबन्दीका कारण पनि भएको हो । फेबु्रअरीदेखि अप्रिलमा सरकारले भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्धको कारण मृत्युदण्डका घटनामा कमी आएको छ । “यद्यपि, मृत्युदण्ड दिने स द्दण््ख्या २०२१ मा बढ्नेछ भन्नेमा विश्वास गर्ने कारण छ ।”
“सन् २०२० को अन्तिम त्रैमासिकमा सरकारले मुद्दाहरूलाई दोहो¥याएको थियो । गत वर्ष भएका सबै मृत्युदण्डको झन्डै एक तिहाइ मुद्दा डिसेम्बरमा मात्रै सम्पन्न भएका थिए ।”
साउदीको मानव अधिकारवादी समूहले सोमबार गरेको घोषणा सन् २०२० मा न्यायिक सुधारको आधारमा भएको हो । गत अप्रिलमा एचआरसीले राज्यले १८ वर्षभन्दा कम उमेरमा भएका अपराधका दोषीलाई मृत्युदण्ड नदिने सरकारले नयाँ नीति अख्तियार गरेको छ ।
शाही घोषणाको हवाला दिदै मानवअधिकार आयोगले नाबालिगको रूपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्डको सट्टा १० बर्षसम्म सुधार गृहमा राख्ने सजाय हुने बताएको छ । गत अप्रिलमा साउदी अरबको अदालतले आदेश दिएका कडा शारिरिक सजायलाई रोक्ने घोषणालाई साउदीको मानव अधिकारवादी समूहका अभियानकर्ताहरूले स्वागत गरेका थिए ।
यी परिवर्तनहरूले वर्तमान् राजकुमार मोहम्मद बिन सलमानले अतिवादी परम्परावादी राज्यलाई आधुनिकीकरण गर्न लगाएको दबाबलाई बल दिएको छ । अधिकारकर्मीहरूले यो सुधारलाई राजनीतिक कैदीहरूलाई रिहाई गरी सरकारले आफ्नो पक्षमा जनसमर्थन बटुल्ने रणनीतिका रूपमा पनि हेरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: