Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ सम्पन्न नौं इभेन्टस्मा भएको खेलमा नेपाल आर्मीका खेलाडीले वर्चश्व कायम गरेका हुन् । पुरुष डबलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र रत्नजित तामाङले प्रथम स्थान हासिल गरेका छन् । आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पछि पार्दै श्रेष्ठ र तामाङले प्रथम स्थान प्राप्त गरेका हुन् ।

महिला तर्फको डबलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भएकी छिन् । एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई पराजित गर्दै गिरी र महर्जनको जोडी प्रथम भएको जनाएका छन् । एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारेको छ । आर्मीका भोजबहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरेका हुन् । त्यसैगरी गल्स अण्डर १७ अन्तर्गत आर्मीकै रसिला महर्जन प्रथम भएकी छन् । उनले विराटनगर ब्याडमिन्टन क्लबका रोज पाण्डेलाई पराजित गरेकी हुन् । एकल पुरुषतर्फ कैलालीका देवराज रानाले आर्मीका दिवस शङ्करलाई पराजित गर्दै प्रथम भएका हुन् ।

४५ वर्ष माथिका डबल पुरुषतर्फ अनिलकुमार लाखे बाँके र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् । लेबल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रसिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् । एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अञ्जना राईलाई हराएका थिए । त्यसैगरी पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका दीपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा नौ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई जनालाई १० हजारका दरले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, राष्ट्रिय खेलकूद परिषद्का केन्द्रीय सदस्य सुवास श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending