Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो । विसं २०२० मा बनेको अस्पतालको आकस्मिक कक्षमा जम्मा १० शय्या क्षमता रहेको छ । समयअनुसार बिरामीको चापलाई ध्यान पुर्याएर नयाँ भवन बनाउन लागिएको उनको भनाइ छ । अब बन्ने आकस्मिक कक्षमा ५० शय्या रहनेछन् ।

स्वास्थ्य मन्त्रालयको रु नौ करोडमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । हाल बोलपत्रमा आकस्मिक कक्षका लागि भुइँतला मात्रै बनाइने भए पनि आगामी वर्ष थप दुई तला बनाउन मिल्ने गरी नक्शाङ्कन गरिएको छ । माथिल्लो तलामा ट्रमा सेन्टर बनाउने योजना रहेको डा अधिकारीले बताए ।

आकस्मिक कक्षमा ट्रमा सेन्टरसहित शल्यक्रिया कक्षसमेत रहने अध्यक्ष अधिकारीले जानकारी दिए । उनले भने, “आकस्मिक कक्ष बनेपछि शय्या अभावमा बिरामी बाहिर जानुपर्ने बाध्यता रहँदैन ।” आकस्मिक कक्षका परीक्षणका उपकरणसहित बिरामीलाई सबै सुविधा त्यसैभित्र हुने उनिको भनाइ छ । बिरामी आएलगत्तै जटिलताका हिसाबले छुट्याएर बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष हुनेछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार आकस्मिक कक्षमा वार्षिक ४० हजार हाराहारी बिरामी आउने गर्दछन् । शय्या थप गरेसँगै यो सङ्ख्या बढ्ने उनले बताए, “ठूलो दुर्घटना हुँदा आकस्मिकरूपमा धेरै बिरामी राखेर उपचार गर्न सकिएको थिएन । नयाँ भवन बनेसँगै अब त्यो सम्भव छ ।” राजधानी भित्रिने र बाहिरिने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्गलगायतका धेरै सडक सञ्जालसँग जोडिएकाले यहाँ दुर्घटना धेरै हुने गर्दछन् । सरकारी अस्पतालको आकस्मिक कक्ष सानो र सुविधा नहुँदा अधिकांश दुर्घटनाका घाइते निजी मेडिकल कलेजमा लैजानुपर्ने बाध्यता छ ।

अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा आकस्मिक भवन बनाइँदैछ । देशकै मध्यभागमा रहेकाले यहाँ देशका १९ जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । भूकम्पको समयमा पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी यहाँ ल्याएर उपचार गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending