Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो ।

आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएका छन् । जग्गा कित्ताकाटदेखि नामसारी गराउने कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारवाही गर्नुपर्ने उनको माग छ । “जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात् यही पुस २९ गते जग्गाको नक्सापास निकाल्ने क्रममा कित्ता नं नभेटिएपछि थाहा पाएँ”, रावतले जाहेरीमा लेखेका छन्, “नापी कार्यालयमा कित्ता नं भिडाउँदा नभेटिएपछि छ कित्तामा बाँडिएको रहेछ ।” जग्गा किन्न ग्राहक आएपछि आफू ट्रेस नक्सा निकाल्न नापी कार्यालय जाँदा जग्गाको कित्ता नं नभेटिएपछि जग्गा गैरकानूनी तरिकाले खरिद बिक्री भएको थाहा पाएको रावतले बताए ।

रावतको साढे छ कट्ठामध्ये तीन कट्ठा जग्गाको कित्ताकाट गरी नामसारी गरिएको छ । उक्त जग्गा शुरुमा वीरेन्द्रनगर–१ निवासी सहवीर कार्कीको नाममा नामसारी भएको पाइएको छ । मालपोत अभिलेखमा कार्कीको नाममा जग्गा पास हुँदा वीरेन्द्रनगर–४ का नारायण बुढा र वीरेन्द्रनगर–१ का चाँदनी वली साक्षी बसेको उल्लेख छ । कार्कीका नाममा २०७७ असार १० गतेपछि छ कित्तामा बाँडेर अन्य व्यक्तिका नाममा नामसारी गरिएको छ । रावतका अनुसार उक्त जग्गा छत्रबहादुर थापा, रेखा आचार्यलगायतका छ जनाको नाममा जग्गा नामसारी भएको छ । सरकारले जग्गाको कित्ताकाट रोकेका बेला सहवीर कार्कीले अंश भर्पाइको माध्यमबाट कित्ताकाट गरेको खुलेको छ ।

जिल्ला मालपोत कार्यालयका नायबसुब्बा सावदलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आरोपी सावदको अदालतबाट म्याद थप गरी बयान लिने काम भइरहेको बताए । सावदले जग्गा नामसारी गर्ने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेलीमा बस्दै आएका ३२ वर्षीय सन्तोष ठाकुर रहेको बयानमा बताएका छन् । ठाकुर हाल फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । जग्गाधनी रावतले कित्ताकाटदेखि जग्गा नामसारी गर्ने÷गराउने कार्यमा संलग्न नापी र मालपोतका कर्मचारीमाथि कानूनी कारवाही हुनुपर्ने माग राखेका छन् । प्रहरीले अवैध जग्गा खरिद बिक्रीमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending