Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा

म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके । जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहवरमा ठेकेदार र मजदूर प्रतिनिधिबीच रोकिएको ज्याला, परिचयपत्र र सुरक्षाका सामग्री दिने सहमति भएपछि गत बुधबार र बिहीबार आन्दोलनमा उत्रिएका पाँच सय मजदूर र कर्मचारी काममा फर्किए ।

मालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाकक्ष निर्माणमा आफू र मातहतका मजदूरको ज्याला उठाउन सहायक ठेकेदार छिरी शेर्पाले मुख्य ठेकेदार जयलक्ष्मी कन्स्ट्रक्सनविरुद्ध प्रशासन र प्रहरी कार्यालयमा गएर मौखिक उजूरी दिए। ‘‘१३ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउनुपर्नेमा छ लाख ४७ हजार रुपैयाँ मात्र दिइएको छ’’, उनले भने, ‘‘ठेकेदारले ज्याला माग्दा गुण्डा लगाएर कुट्ने धम्की दिएपछि प्रशासन गुहारे पनि अझै पाइएको छैन ।’’

बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडले काममा लगाएका सहायक ठेकेदार र मजदूरहरू ज्याला माग्दै जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्ना बसे । मजदूर आन्दोलनपछि प्रशासन र प्रहरीका पहलमा ठेकेदारले किस्ता–किस्ता गरेर रु एक करोडभन्दा बढी भुक्तानी दिएका थिए । राहुघाट, दरवाङको सभाकक्ष र बेनी–जोमसोम सडकका मजदूरहरु ठेकेदारबाट पीडित हुने र शोषणमा परेका मजदूरका प्रतिनिधि पात्र हुन् । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मजदूरहरु समयमा ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । उनीहरु दोहोरो शोषणमा परेका छन् ।

‘‘हरेक अङ्ग्रेजी महिनाको पहिलो साता ज्याला दिने सहमतिमा काम गरिएको हो,’’ राहुघाटमा कार्यरत कञ्चनपुरका रामबहादुर बोहराले भने, ‘‘ज्याला कुर्दाकुर्दै महिनौँ बित्यो तर दिने वास्तै नगर्दा घरव्यवहार चलाउन ऋण खोज्नुपरेको छ ।’’

विभिन्न बहानामा विकास आयोजनामा ढिलासुस्ती गरेका निर्माण व्यवसायीले मजदूरहरूलाई श्रमको उचित र भनेको समयमा ज्याला नदिएर शोषण गरेको गुनासो बढ्न थालेको छ । मजदूरलाई काम गराउने तर समयमा तोकिएको ज्याला नदिने समस्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर बताउछन् ।

‘‘मुख्यले सहायक, सहायकले उप, उपले पेटी गरेर तल्लो तहमा ठेक्का लगाउँदा रहेछन्’’, उनले भने, “सम्झौता गरेकाहरुले भुक्तानी पाएपछि आफूभन्दा तलकालाई नदिँदा उनीहरुले काम नगरिदिने, योजना अलपत्र पार्ने र मजदूरले ज्याला नपाउने समस्या आएको छ ।’‘ सडक, भवन, सिंचाइ, खानेपानी, विद्युत्, पदमार्ग निर्माणलगायत आयोजनाका निर्माण व्यवसायीले समयमा ज्याला नदिएको गुनासो दिनहुँजसो आउने गरेको प्रनाउ कुँवरले बताए। सरकारले तोकेको न्यूनतमभन्दा कम र भनेका समयमा ज्याला नपाएपछि अन्तिम विकल्पका रुपमा प्रहरी, प्रशासन र पत्रकार गुहार्न आउँछन् । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का हत्याएका निर्माण व्यवसायीले घाटाको भागीदार मजदूरलाई बनाउन थालेका छन् । मुख्य निर्माण व्यवसायीबाट पीडित भएका कतिपय सहायक ठेकेदार पलायन भएका छन्, ऋण तिर्न घर, खेत बेचेका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीका पहलमा दुई महिनाअघि बेनी –जोमसोम सडक आयोजनाका ठेकेदारबाट ठगिएका मजदूरलाई रु १३ लाखभन्दा बढी ज्याला दिलाइएको थियो । अहिले पनि दुईतीन मजदूर ठगिएकासम्बन्धी उजूरी प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेरोजगारीको समस्या तथा कामदारमा शिक्षा र चेतनाको कमीले लिखित सम्झौता नगर्दा ठगिएका अवस्थामा कानूनी उपचार खोज्न समस्या भएको छ । मजदूर सङ्गठनका नाममा राजनीति गर्नेहरूले ज्याला उठाइदिएवापत कमिसन माग्ने गरेको गुनासो गरेका छन् । बेनी–जोमसोम सडक आयोजनाको मुख्य ठेकेदार युनाइटेडबाट ज्याला असुल गरिदिएवापत मजदूर सङ्गठनका नेताहरूले १० प्रतिशतका दरले कमिसन खाएको सहायक ठेकेदार मेखबहादुर गर्बुजाले बताए ।

“ठेकेदारबाट फसेको पैसा उठाउँछौ भनेर नाम टिपेर लगेका थिए, ठेकेदारले पनि मेरो पैसा उनीहरुलाई नै दिएछन्”, उनले भने, “रु बीस लाख पाउनुपर्नेमा रु १८ लाख मात्र दिए ।” म्याग्दीमा सञ्चालित सडक, भवन, जलविद्युत्, सिंचाइ, नदी नियन्त्रण, खानेपानी, पदमार्ग निर्माण आयोजनामा काम गर्न चितवन, बर्दिया, पर्सा, बाँके, रुकुम, रोल्पा, सल्यान, प्युठानलगायत जिल्लाबाट मजदूरहरु काम गर्न आउँछन् । हाल जिल्लामा बाहिरी जिल्लाबाट आएका करीब पाँच हजार मजदूर भएको अनुमान छ । जिल्ला दर निर्धारण समितिले ज्यामीको प्रतिदिन रु नौ सय ज्याला निर्धारण गरे पनि व्यवहारमा रु सात सय पाउने गरेका हुन् । स्थानीयस्तरमा दक्ष र योग्य मजदूर नपाइने तथा महँगो हुने भएकाले बाहिरी जिल्लाबाट मजदूर ल्याएर काममा लगाउनुपरेको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसी बताउछन्। “म्याग्दी जिल्लाभित्रकै व्यवसायीले ज्याला नदिएको गुनासो छैन ”, उनले भने “बाहिरी जिल्लाका व्यवसायीले ठेक्का लिएका आयोजनामा काम गर्न बाहिरबाटै आएका मजदूरहरुको समस्या हो ।” म्याग्दीका विकास आयोजनामा १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीले पनि मजदूरी गरेको भेटिन्छ । काम गर्ने क्रममा उनीहरुले पञ्जा, मास्क, ज्याकेट, हेलमेट जस्ता सुरक्षा सामग्री पाउँदैनन् ।

नेपालको संविधानमा ‘समान कामको समान ज्याला’ भन्ने उल्लेख गरिए पनि म्याग्दीका श्रमिक महिलाहरू सो व्यवस्थाबारे बेखबर र सुविधाबाट वञ्चित छन् । महिला मजदूरका लागि संवैधानिक व्यवस्था कागजमै सीमित भएको बाँकेबाट कामको खोजीमा म्याग्दी आएका बुद्धिसरा मगरले बताए। “निर्माण क्षेत्रमा काम गर्ने पुरुष कामदारले दैनिक रु सात सय देखि रु आठ सय ज्याला पाउँछन्”, उनले भने “सोही काम गर्ने महिलाहरूले भने दैनिक रु छ सयमा चित्त बुझाउनुपरेको छ ।” पछिल्लो समय पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमसँगै म्याग्दीमा महिला श्रमिकको सहभागिता बढ्दै गएको छ ।

महिलाहरुले दूधे बच्चालाई काखमा च्यापेर काम गरिरहेको देखिन्छ । पुरुषका तुलनामा शारीरिक रुपमा श्रम गर्दा महिलालाई नै पीडा हुने गर्छ । कतिपय महिलालाई गर्भावस्थामा पनि ढुङगा, बालुवा बोक्ने जस्ता जोखिमयुक्त काम गरिरहेको देखिन्छ ।

महिलाले पुरुषसरह जटिल र कठिन काम गर्न नसक्ने भएकाले समान ज्यालाको व्यवस्था कार्यान्वयन गर्न नसकिएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका कोषाध्यक्ष प्रकाश बानियाँले बताए । ‘‘ज्याला आपसी समझदारीमा कायम हुन्छ’’, उनले भने ‘‘उनीहरूको चित्तबुझ्दो ज्याला दिएका छौँ । पुरुषसरह काम गर्नेलाई विभेद गरिएको छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies