Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

सिड्नी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ ।

स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो ।

अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए ।

डेभिड वार्नर ५, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन १, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित १ रन बनाएका थिए ।

भारतका लागि रबिन्द्र जडेजाले ४, नवदीप सैनीले २, मोहम्मद सिराजले १ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए ।

यसैबीच, भारतले आफ्नो पहिलो इनिङ शुरु गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ ।

भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन् ।

दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे ५ रन र चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन् । भारत अझै पनि अस्ट्रेलियाभन्दा २४२ रनले पछि छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending