Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

लालबाबुलाई सलाम !

\"special-article1\"सिङ्गै पृथ्वी प्राणीहरूको हो, तर यसको स्वामित्व लिन सक्नेमा मानिस मात्र छन् । विविधतापूर्ण धर्तीमा मानिस मात्र यस्ता प्राणी हुन् जो जहाँ पनि जिउन सक्छन् । सबै जीवजन्तु र वनस्पति धराको सबै स्थानमा पाइन्न । अफ्रिकामा पाइने जीवजन्तु र वनस्पति युरोप, अमेरिका या हिमाली भूक्षेत्रमा भेटिँदैन भने मरुभूमिमा बाँचिरहेका जीव तथा वनस्पति अन्य प्रकारको भूक्षेत्रमा देख्न–भेट्न सकिँदैन । तर, मानिस मरुभूमिदेखि हिमालसम्म, समथर भूभागदेखि पहाडसम्म जस्तोसुकै हावापानी र मौसम भएका ठाउँमा पनि पुगेका छन् । यस आधारमा सिङ्गै पृथ्वी मानिसको हो भन्न सकिन्छ । सुखद् एवम् सहज जीवन र सुन्दर भविष्यका निम्ति हरेक मानिस पृथ्वीको जुन कुनै कुनामा पुग्न र जीवनयापन गर्न सक्छन्, यो मानिसको प्राकृतिक अधिकार हो । यदि मानिसलाई यसप्रकारको अधिकार हुँदैनथ्यो भने न नेपालको काठमाडौं र चितवन बन्न सक्थे न संयुक्त राज्य अमेरिकालाई नै आजको रूप र अवस्थामा प्राप्त गर्न सकिन्थ्यो । सुखद जीवनयापनको इच्छाले डो¥याएर नै मानिसलाई ककेससदेखि कास्मिरसम्म, तिब्बतदेखि नाम्चेलगायतका नेपाली भूभागमा र युरोपदेखि अमेरिकासम्म पु¥याएको हो । सुन्दर भविष्यको खोजीमा मानिसले अन्तरिक्षका अन्य ग्रहहरूमा बसाइँ सर्ने योजना बनाउन थालेका बेला पृथ्वीभित्रैका कुनै सुरक्षित स्थानलाई उनीहरूले गन्तव्य बनाउन चाहेका छन् भने त्यसलाई अस्वाभाविक रूपमा लिनुपर्दैन । तर, यसप्रकार स्वतन्त्र जीवन बिताउन व्यक्तिले सार्वजनिक दायित्व निर्वाह गरेको हुनुहुँदैन । निश्चित देश, भूक्षेत्र, समुदाय या समाजको हित प्रवद्र्धनका लागि सार्वजनिक जिम्मेवारी औपचारिक तवरमै ग्रहण गर्ने व्यक्ति जसलाई सम्बन्धित देश या समुदायले सेवा, सुविधा र विशेष अधिकार पनि प्रदान गरेको छ, त्यस्ता मानिस भने इच्छा लागेको स्थान र समयमा बसाइँ सर्न स्वतन्त्र हुँदैनन् । अवकाश प्राप्त जीवनमा जोकोही कहीँ पनि जान या बसोवास गर्न सक्छन्, तर बहालवाला राजनीतिकर्मी (नेता), सेवारत कर्मचारी, प्रहरी या सेनाले एउटा देशबाट सेवा, सुविधा र विशेष अधिकार लिइरहेकै अवस्थामा तिनले अर्को कुनै मुलुकको नागरिकता या स्थायी बसोवासको प्रमाणपत्र लिन्छन् भने तिनलाई निम्नकोटिका राष्ट्रघाती तथा आपराधिक चरित्रको अवसरवादीका रूपमा बुझ्नु उचित हुनसक्छ । यसप्रकारका हजारौं राष्ट्रघातीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने महानतम काम गरेर लालबाबु पण्डित इतिहास स्मरणीय बनेका छन्, उनलाई कोटी–कोटी सलाम । नेपालमा जन्मेर, नेपाली जनताले रगत–पसिना बगाउँदै तिरेको राजस्वबाट तलब–भत्ता बुझेर साठी वर्ष उमेर पूरा गर्ने र त्यसपछिको जीवन समृद्ध मुलुकको नागरिक भएर बिताउन सार्वजनिक जिम्मेवारीमा रहँदै स्थायी बसोवासको अनुमति या नागरिकता लिई बस्नेहरूलाई लुटेरा भन्ने कि राष्ट्रसेवक नेपाली ? लालबाबुले प्रश्न उठाएका छन् । उनले प्रश्न मात्र उठाएर विषयलाई छोड्न पनि सक्थे, त्यसो गरेनन्, यसलाई गम्भीर प्रकृतिको समस्या मानेर समाधानको उच्चतम र निर्णायक उपाय पनि निकालेका छन् । जनताले तिरेको करबाट सेवा–सुविधा हसुर्ने, तिनै जनतालाई सेवाभन्दा बढी सास्ती दिने, हृदयमा दम र पाखुरामा बलियो मांसपेसी छइन्जेल देशको खाने, बाँकी जीवन विदेशी नागरिकको रूपमा बिताउन चाहने र आफ्ना सन्तान–दरसन्तानसम्मलाई विदेशी नागरिक बनाएर नेपाल बिर्साउने धन्दामा लागेकाहरूलाई खोजी–खोजी सतहमा ल्याएर कारबाही गर्न लालबाबुले लिएको अग्रसरताले पहाडमा जन्मेकै भरमा आफूलाई राष्ट्रवादी ठान्नेहरूलाई लज्जित तुल्याएको हुनुपर्छ । गहिरो श्यामवर्णको अनुहार थप ओझेलमा पर्ने गरी रङ्गीन ढाकाको टोपी ढल्काउने लालबाबु पण्डित देशप्रति कति संवेदनशील छन् र राष्ट्रघातीहरूको पहिचान गर्ने घ्राणशक्ति उनमा कति छ भन्ने अनुमान उनी मन्त्री बन्नुअघिसम्म सायदै कसैले गरेका थिए । नेपाललाई माया गर्नेहरू पहाडमै जन्मन्छन् भन्ने अघोषित मान्यताको धज्जी उडाउँदै लालबाबुले जे गरे त्यसनिम्ति उनी स्मरणीय त बनेकै छन्, तराईवासीप्रति हेर्ने परम्परागत दृष्टिकोण बदल्न पनि उनले ठूलो योगदान पु¥याएका छन् । परम्परावादीहरू देशको भौतिक सीमारेखाको रक्षा र सम्मान गर्नुलाई मात्र राष्ट्रवाद ठान्छन्, वास्तवमा सीमाको पहरेदारी मात्र राष्ट्रवाद होइन, राष्ट्रलाई कुनै पनि प्रकारले लाभ पु¥याउने सोच–विचार राष्ट्रवाद हो भने क्षति पु¥याउनु राष्ट्रघात । देशको शान्ति सुरक्षामा खलल पु¥याउनु, आर्थिक विकासमा अवरोध पैदा गर्नु र स्वदेशको हित प्रतिकूल हुने हरेक क्रियाकलाप राष्ट्रघात हो । देशबाट लिनमात्र खोज्ने दिन नचाहनेहरू, देश विखण्डनको सपना देख्ने–देखाउनेहरू, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामा क्षति पु¥याउनेहरू पनि राष्ट्रघाती नै हुन् । तर, हामीले नेपाली मातृभाषी पहेँलो चर्मधारी र पहाडवासीबाहेकलाई राष्ट्रवादी स्वीकार गर्न हिचकिचायौँ, अझै हिचकिचाउँदै छौँ । यस्तो पुरातन धारणा बोक्नेहरूलाई लालबाबुले सधैँ दाग बस्नेगरी झापड लगाइदिएका छन् । डीभी परेका र अन्य तरिकाले विदेशको नागरिकता या स्थायी बसोवासको अनुमति पाएका तथाकथित राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने दृढता प्रकट गरेपछि लालबाबुलाई सबभन्दा ठूलो अड्चन सरकारभित्रैबाट पैदा गरियो । उनको आफ्नै दल एमालेभित्रबाट पनि उनलाई दबाब दिइयो । तर, लालबाबु डगेनन्, ऐन बनाएरै राष्ट्रघातीहरूलाई कारबाही गर्ने सफलता उनलाई प्राप्त भएको छ । यसनिम्ति लालबाबु र आमराष्ट्रवादी नेपाली बधाईको पात्र बनेका छन् । मानिसको जन्म जुन स्थान, कुल, वंश या समुदायमा भए पनि यी पृथ्वीका उन्नत जीवात्मा हुन् र यिनलाई जहाँकहीँ रहेर जिउने अधिकार रहन्छ दार्शनिक दृष्टिमा । हरेक मानिस सुख र सन्तुष्टि प्राप्तिका लागि सदैव व्यग्र रहन्छ र जन्मस्थानभन्दा बेग्लै भूभाग या देशमा कसैले आफ्नो भविष्य सुरक्षित देख्छ भने उसलाई त्यहीँ पुग्ने र जिउने स्वतन्त्रता रहन्छ । तर, राष्ट्रसेवकको आवरणमा रहेका नेता, कर्मचारी आदिले नै ‘नाठो मुलुक’प्रति मन दिँदै ‘पति मुलुक’प्रति उपेक्षाभाव राख्छन् भने यीभन्दा ठूलो घाती खोज्न चन्द्रशमशेर उपाध्यायसम्म पुग्नुपर्दैन । राष्ट्रघातीहरूको पहिचान गरी कारबाही गर्ने सफलता प्राप्त गर्ने राष्ट्रवादी अगुवा लालबाबुलाई फेरि एकपटक सलाम । घटना र विचार साप्ताहिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies