Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दिल्ली क्यान्टको कोठा नम्बर ३३८: जहाँ यसरी बुनिन्छ नेपालविरुद्ध षड्यन्त्र

\"India७ साउन, काठमाडौं । नेपालमा सन् २००६ को अप्रिलमा जनआन्दोलन¬–२ हुँदै थियो र त्यसै समय भारतको अत्यन्त दुर्गम राज्य मध्येको एक ओडिसाबाट एउटा युवा नेपालको राजनीतिलाई नै प्रभावित पार्ने संस्थामा आबद्ध हुँदै थियो । जहाँ नेपाली जनता स्वतन्त्रताका लागि आफ्नो रगत बगाउँदै थिए ती युवा अन्य देशका मानिसको रगतलाई कसरी चिस्याउन सकिन्छ भन्ने अभियानमा हामफाल्दै दिल्लीमा सपथ खाँदै थिए । कुटनीतिक र सभ्य सुनिने शब्दमा जसलाई ‘थिंक ट्याङ्क’ भन्ने गरिन्छ, यस वर्गमा धेरै प्रकारका मानिसहरु अटाउने गर्दछन्, जसले ‘आफ्नो राष्ट्रको ‘सो कल्ड’ राष्ट्रिय स्वार्थ’लाई जुनसुकै मूल्यमा पनि पुरा गर्ने अठोट गर्दछन् भलै त्यसले अरुको राष्ट्रियतामा हस्तक्षेप नै किन नगरोस् । आखिर आजको विश्वमा यसैलाई त ‘राष्ट्रिय स्वार्थ’ भनिन्छ । दिल्ली क्यान्टको सैनिकहरुले भरिएको सैन्य इलाकामा उनको कार्यलयको कोठा नम्बर– ३३८ मा छिर्नु अघि हामीलाई सैनिक चेकपोष्ट पार गर्नु थियो । प्रायःजसो शान्त रहने त्यहाँ रक्षा मन्त्रालय, विदेश मन्त्रालय हुँदै भारत सरकारको नीतिलाई दक्षिण एशियाली मुलुकहरुमा कसरी लागु गराउने भन्ने अध्ययन/अनुसन्धान गर्ने गरिन्छ र दिर्घकालीन रणनीति तय गर्ने गरिन्छ । कोठा नम्बर– ३३८ अत्यन्त साधारण कोठा हो । जसमा असाधारण किसिमका कामहरुबारे अध्ययन, अनुसन्धान तथा चर्चा गरिन्छ भनेर बुझ्न धेरै बेर लाग्दैन । कोठाको एकातर्फ केही मानिसहरु बस्न मिल्ने गरी एउटा सोफा तथा केही कुर्सी राखिएका छन् । साधारण किसिमको टेबुल छ भने कोठाको आधी भागलाई क्याबीनमा परिणत गरिएको छ । जसलाई रिसर्च टेबल भनिन्छ । ढोका छेवैको भित्तामा नेपालको ठूलो मानचित्र राखिएको छ । त्यस मानचित्रको दाहिनेतर्फ भारतको मानचित्र राखिएको छ । हामीलाई स्वागत गर्दै उनले हात मिलाए र आफ्नो परिचय दिँदै उनले भने, ‘मेरो नाम– निहार आर नायक’ । उनको संस्थाको नाम– इस्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालाइसीस (अाइडिएसए) । यो भारतीय रक्षामन्त्रालय अन्तगर्तको थिंक ट्याङ्क हो, जसले भारतको सुरक्षा निकाय तथा विदेश विभागमा आफ्नो अध्ययन प्रतिवेदन बुझाउने गर्छ । यहाँ भनिरहनु त्यति आवश्यक छैन कि अन्य देशको नीतिमा प्रभाव पार्ने र आफ्नो स्वार्थ पुर्ति गर्न जुनसुकै हदसम्म काम गर्ने एउटा संस्था जो दक्षिण एसियासहित नेपालमा पनि निक्कै आलोचित हुँदै आएको छ, त्यो पनि यस्तै अनुसन्धान गर्ने भारत सरकारको अर्को एउटा हाँगो हो जसलाई हामीले रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ को नामले चिन्दछौं । नायकले काम गर्ने संस्थाले आफ्नो अध्ययन प्रतिवेदन ‘रअ’लाई पनि बुझाउने गर्छ । कुराकानीको क्रममा हामीले उनलाई भारतले नेपालमा किन ‘माइक्रो म्याजेन्मेन्ट’मा रुची राख्छ, यस्तो गर्नु के स्वभाविक हो ? भन्ने जिज्ञासा राख्दा उनले सहज रुपमा भने– ‘हामीलाई नेपालको भूमिबाट सुरक्षा थ्रेट हुन्छ । नेपाल सरकार आफैमा यति सक्षम नै छैन कि उसले हाम्रो सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकोस् । अनि हामीले विभिन्न विषयमा बारम्बार भन्नु पर्ने हुन्छ– यसलाई रोक्नुस् । तर भनिएको काम नभएपछि हामीले स्वतः सेना, प्रहरीका अधिकारीहरुलाई हाम्रो अनुसार (अनुकुलतामा) चलाउनु पर्ने हुन्छ । यसलाई तपाईंले हस्तक्षेप पनि भन्न सक्नु हुन्छ र यसलाई तपाईले मित्रता र सहयोगको बलियो आधार पनि मान्न सक्नु हुन्छ ।’ उनले नेपालमा पाकिस्तानीहरु बांगलादेशको बाटो भएर नेपाल आउने र नेपालको नागरिकता बनाएर भारतमा आतंकवादी गतिविधि गर्ने गरेको आरोप लगाए । उनी बडो नम्र र शिष्ट भाषा शैलीमा तर एउटा ठूलो देश– विस्तारवादी सोचमा हुर्किएको मान्छेको हैसियतमा अहंकारले भरिएको शब्दलाई शिष्ट भाषा शैलीको जलप लगाउँदै बोल्दै थिए । जसलाई कुटनीतिक शैली भनिन्छ, सायद । उनको बोली अत्यन्त सहज थियो तर उनले जानेर पनि भन्न नचाहेको विषय के थियो भने भारतको सुरक्षा थ्रेट नेपालले निम्त्याएको नभई भारत स्वयंमले निम्त्याएको थियो । चाहे त्यो कस्मीर होस्, आसाम होस्, नागाल्याण्ड होस् अथवा मिजोरम हुँदै छत्तिसगढ र उनको आफ्नो गृह राज्य ओडिसा नै किन नहोस् । भारतको सुरक्षा थ्रेट नेपालले निम्त्याएको भनेर नेपालको सुरक्षा निकायलाई दोष लगाउँदै भारतले नेपालमा गरेको मनलाग्दो अनैतिक हस्तक्षेपलाई हामीले कसरी सहज रुपमा लिने ? माथि उल्लेख गरिएका राज्यहरुको प्रसंगलाई यदि छोडी दिने हो भने, भारत भनेर चिनिने हिन्दी बहुल राज्यहरुमा पनि सुरक्षा थ्रेट छ त्यो सुरक्षा थ्रेट भनेको– साम्प्रदायिक हिंसाको थ्रेट, खाद्य सुरक्षाको थ्रेट, भ्रष्टाचारले खोक्रो बनाउँदै लग्ने थ्रेट र कर्पोरेट कम्पनीहरुले गर्दै गरेको वैधानिक लुटको थ्रेट त बाँकी नै रहन्छ, जुन एउटा सफल राज्यका अवरोधक मानिन्छन् । के त्यो पनि नेपालले निम्त्याएको सुरक्षा थ्रेट हो ? भारतका अध्येता र भारतीय राज्यले बुझेर पनि बुझ पचाएको सहज कुरा के हो भने नेपालले भारतको सुरक्षा संवेदनशीलतालाई सम्बोधन गरेन भन्ने महज मुखौटो मात्र हो । वास्तविकता त्यो भन्दा भिन्न नै छ । \"IDSA_Buildingसुरक्षाको नाममा भारतको नेपालमा देखिने ‘हिडन एजेन्डा’ चीनबाट भारतीयहरुको मनमा पैदा भएको डरलाई नेपालमार्फत साम्य पार्न लबस्तरो प्रयास गर्नु र नेपालको शासन सत्तालाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्दै ‘बिग ब्रदर’ भएको अहमतामा बाँच्नु नै २१ औं शताब्दीको यो दशकमा भारतीयहरुको कमजोरी अथवा भनौं उनीहरुको दृष्टिकोणबाट गर्भको कुरा हो । मैले यसपालीको भारत भ्रमणमा यसैसँग सम्बन्धित कुराको आभास पाए, जुन मेरो पहिलाको भ्रमणमा मैले महसुस गरेको थिइनँ, त्यो भनेको– मध्यम वर्गको विभिन्न पेशामा संलग्न रहेका नागरिकहरुमा समेत चीनसँगको डर । त्यसको मनोवैज्ञानिक प्रभाव बडो अच्चम्म लाग्दो छ । सडकमा पानी बेच्ने होस अथवा ट्याक्सी ड्राइभर हुँदै कुनै कार्यालयमा काम गर्ने भारतको ठूलो मध्यम वर्ग त्यसको मनमा भारतीय सरकार कमजोर र इमान्दार रहेको तर चीन मजबुत र धुर्त रहेको बुझाई पाएँ । भलै मेरो दिल्ली तथा उत्तर प्रदेश राज्यका मध्यम वर्गका केही प्रतिनिधि पात्रहरुसँग मात्र साक्षात्कार भयो । तर मलाई लाग्छ भारतको राजधानी तथा हिन्दी भाषी मुल क्षेत्र उत्तर प्रदेशमा रहेको मध्यम वर्गले भारतको मुल चरित्रलाई प्रतिविम्बित गर्छ । उनले बडो सहजताका साथ दुबै कुरालाई आफ्नो वार्तामा दोहो¥याई रहे, पहिलो– नेपालमा हामीले सुरक्षा संवेदनशीलताका कारण ‘माइक्रो म्यानेजमेन्ट’ गर्न बाध्य छौं र दोस्रो– नेपालमा गर्ने भनेको तपाईंहरुले नै हो । हाम्रो विदेश नीतिले हामीलाई सबै कुरा गर्न रोक्ने गर्छ । तर उनले जानेर पनि नजाने जस्तो गरे– नेपाल, भुटान, म्यानमार र श्रीलङ्कामा पनि उनी नीतिअन्तर्गत नै चलेको भए उनको विदेश नीतिले रोक्ने थियो र, रोक्ने थियो उनलाई सिक्किम, मणीपुर र जम्मुकश्मिरलाई भारत प्रशासित राज्य बनाउन । तर ब्रिटिश साम्राज्यवादले शासन गरेको भारतीयहरुको मानसिकता पनि अरुलाई आफू शासित बनाउँदा आनन्दित महसुस गर्छ । उनी अध्येता हुन् अथवा जासुस यो कुरा मैले कसरी छुट्याउने ? त्यो त हाम्रो राज्यले ध्यान दिनु पर्ने हो । तर उनले रोचक कुरा सुनाए, ‘मैले जनवरीदेखि अहिलेसम्म झण्डै आधा दर्जन पटक नेपाल भ्रमण गरी सकेँ । सबै भन्दा धेरै संविधानसभा चुनाव ताका गएको थिए । मैले नेपालको सुरक्षा व्यवस्था अत्यन्त कमजोर पाएँ । मेरो झन्डै २०–२५ दिनको लगातारको भ्रमणका क्रममा मैले मेरो ब्यागको भित्री खल्तीमा डिटोलको सिसी राखेर विभिन्न विमानस्थल गएँ–आँए तर त्यसलाई कतै पनि डिटेक्ट गरिएन । यो एउटा उदाहरण हो । जहाँ हामीहरु खुलेआम घुम्छौं त्यहाँ अरु आतंकवादीहरु पनि खुलेआम घुम्न सक्छन् ।’ (हतियार डिटेक्ट गर्ने मेसिनले डिटोललाई पनि डिटेक्ट गर्ने गर्छ तर नेपालका विमानस्थलमा त्यो मेसिन खराब भएका कारण कतै पनि डिटेक्ट गर्दैन भन्ने उनको कुरा थियो ।) उनले भनेको कुरामा आंशिक सत्यता छ । नेपालको सुरक्षा व्यवस्था कमजोर, घस्रेर हिँड्ने र विकाउ प्रवृत्तिको छ । त्यस विकाउ प्रवृतिको सानो झल्को नेपालको उच्च सुरक्षा निकायमा रहेकाहरुको भारतमा सम्पत्ति राख्ने प्रवृति पनि हो । नेपालमा मजबुत सुरक्षा व्यवस्थाको कुरा गर्ने तर आफ्नो व्यक्तिगत सुरक्षाको खोजीमा नाता गाँस्दै भारतमा सम्पत्ति थुपार्नेहरुले कसरी भारतसँग आत्मसम्मानका साथ कुनै विषयमा अडान लिन सक्लान् ? ( यहाँ सवाल मात्र भारतको होइन अधिकांश सुरक्षा निकायका उच्च तहका अधिकारीहरुका परिवार र स्वंयम पनि विदेशमा गएर बस्ने चाहना राख्छन्) भारतीयहरु प्रति आफ्नो बफादारिता झल्काउने कुराको नाङ्गो रुप हामीले कटुवाल प्रकरणमा हेरिसकेका छौं कि कसरी एउटा राष्ट्रको प्रधानसेनापतिले प्रधानमन्त्रीद्वारा अवकास दिइँदा मेरा विदेशी मित्रलाई पहिलो फोन गरेँं भनेर भारतका अगाडि आफूलाई टिकाई दिन बिन्ती गर्छ र नेपालमा बडो गर्वका साथ त्यो कुरालाई सार्वजनिक गर्छ । यो हाम्रो मुलुकको विडम्बना नै हो । झण्डै डेढ घण्टासम्म विभिन्न विषयमा कुराहरु भए । उनले नेपालको कुनै अमुक ब्रोडसिट पत्रिकाका सम्पादकले कसरी ‘चाइनिज लविङ’ गरि रहेका छन्, चिनियाँ रेल नेपाल अउँछ कि आउँदैन तथा भारतीय स्वार्थका विषयमा कुरा राखे । स्वभाविक हो भारतीय स्वार्थको कुरा आउँदा भारतीय ‘फेक करेन्सी’को कुराले पनि स्थान पाउँछ । उनले कुराकानीका क्रममा भारतीय राज्यको चरित्रको कुरा गर्न पनि भ्याए र उनले भने– ‘भारतको काम गर्ने शैली आफ्नै किसिमको छ, यसलाई बदल्नु निक्कै अप्ठेरो छ यदि यो बदलिन्थ्यो भने नक्सलाइट मुभमेन्ट नै हुने थिएन ।’ उनको भनाईको अर्थ निकै अर्थपूर्ण नै थियो । उनले नेपालमा चिनियाँ स्वार्थ के–कस्ता हुन सक्छन् भन्नेबारे समेत कुराकानीका क्रममा आफ्नो बुझाइ राखे र चीनले भारतबाट तिब्बत समस्यामा भारतले केही नबोलिदिओस भन्ने चाहेको समेत खुलाए । सायद यहीँ चीनियाँ र भारतीयहरुको स्वार्थ मिल्छ होला तिब्बतमा भारत नबोल्ने कश्मिरमा चीन नबोल्ने तर अरुणाञ्चल प्रदेशको विवाद र श्रीलङकामा बढेको चीनियाँ प्रभावलाई कसरी कम गर्ने ? मलाई लाग्छ समस्या यति मात्र छैन जति हामीले कुराकानीमा गर्छौं । समस्या त्यो भन्दा धेरै गहिरो छ । समस्या हामीमा छ । समस्या स्वयं ममा र मेरो नेतृत्वमा छ । मेरो नेतृत्व जब राष्ट्रवादी कुरा गर्छ, सत्ताभन्दा धेरै पर हुन्छ र मेरो नेतृत्व जब सत्तामा पुग्छ राष्ट्रियता भन्ने कुरा खोई कुन खोपीमा राखेर सत्ताको नेतृत्व गर्न आईपुग्छ । मैले यो कुरा कुनै एउटा अमुक राजनीतिक दलका लागि प्रयोग गरिरहेको छैन, यो त सबैमा लागु भइरहेको हामी देखिरहेका छौं । अहिलेको भारतीय लोकतन्त्र जसलाई हामीले आदर्श लोकतन्त्र भन्न चुक्दैनौं, त्यही लोकतन्त्रको छाँयामा ८ करोड मानिस खुला आकाशमा निदाउन बाध्य छन् र एउटा कुलिनले सडक पेटीमा सुतेकाहरुमाथि सवारी चलाउँछ र त्यो सुत्ने ठाँउ नभएको भनेर दलिल पेस गर्छ । अन्ततः पुँजिवादी समाजमा न्यायालयले कुलिनकै दलिल जायज भएको निर्णय सुनाउँछ । सैन्यवादी फाँसीवादको दिशामा अग्रसर भारत हाम्रा लागि केही सिक्ने र बुझने थलोको रुपमा अवश्य हुन सक्छ तर त्यही हाम्रालागि अन्तिम विकल्प भने विल्कुलै होइन । भारतीय सैन्य लोकतन्त्रको छाँयामा हुर्कंदै गरेको न्यायालय जसले १५ वर्ष जेल सजायँ तोकेर पछि निर्दोष भएको लज्जास्पद निर्णय सुनाउँछ र त्यसको विकल्पमा बिनाकुनै आत्माआलोचना र क्षतिपूर्ति नेपाली र कश्मिरीलाई घर पठाउँछ, त्यस्तो लोकतन्त्रको मजबुतीका लागि काम गर्ने निहार आर नायक भारतीय लोकतन्त्रको सैन्यवादको प्रतिविम्ब नै हुन् । तर, हामी नेपालीले हाम्रो बाटो कस्तो चुन्ने यही पहिलो र अन्तिम प्रश्न हो । (दिल्लीबाट फर्केपछि ज्ञावलीको रिपोर्ट )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies