बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन ।
अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ ।
नाताले साला/भेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याउका हुन् । झण्डै रु एक करोडको लागतमा अहिले फार्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ । “आउँदो माघ अन्तिमसम्ममा फार्म सञ्चालनमा आउँछ”, खत्रीले बताए, “संरचना निर्माणको काम अन्तिम चरणमा छ ।”
गलकोट नगरपालिकाको केन्द्र वडा नं ६ स्थित मजुवाँफाटको २४ रोपनी जग्गा फार्मले ओगटेको छ । फार्ममा तरकारी खेती, माछा, बङ्गुरलगायत विभिन्न प्रजातिका कुखुरा र पन्छीपालन गर्ने योजना छ । तरकारी खेतीका लागि छ वटा टनेल र माछापालनका लागि पाँच वटा पोखरी निर्माण भइसकेका छन् ।
यस्तै २०० बङ्गुर, एक हजार गिरीराज र कोइलर, ५०० स्थानीय जातका कुखुरापालन गर्ने गरी संरचना निर्माणको काम भइरहेको छ । पाँच सय बट्टाइ, १०० लौकाट र हाँस पनि पाल्ने योजना छ । गिरीराज र कोइलर जातको कुखुरा चल्ला उत्पादन र बिक्रीका लागि पाल्न लागिएको हो ।
“पाँच हजार अण्डा राख्ने क्षमताको ह्याचरी राख्दैछौँ, गाउँमा थोरै मात्रामा कुखुरापालन गरिरहेका किसानलाई पनि चल्ला उत्पादनका लागि ह्याचरीको सुविधा दिन्छौँ”, ५६ वर्षीय थापाले भने । उनले अर्को वर्षसम्ममा रेष्टुराँ र पौडी पोखरीसहितको पार्टी प्यालेस पनि सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।
आवासका लागि तीन कोठेसहित फार्मको कार्यालय भवनसमेत बनिसकेको छ । चौबीस रोपनीमध्ये साढे सात रोपनी फार्मकै नाममा जग्गा रहेको र बाँकी वार्षिक रु डेढ लाख तिर्ने गरी भाडामा लिइएको खत्रीले बताए । “चार÷पाँच वर्षदेखि नयाँ केही गरौँ भन्ने सोच आइरहेको थियो, अन्य विकल्पमा पनि प्रयास गरियो”, ३९ वर्षीय खत्रीले भने, “पछि कृषितिर मन गयो, गत चैतमै फार्म शुरु गर्ने योजना थियो, लकडाउनले गर्दा पछाडि धकेलियो ।” उनले फार्म पूर्णरुपमा सञ्चालनमा आउँदा १० देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।
फार्ममा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनका लागि बजारको कुनै समस्या नहुने उनको भनाइ छ । गलकोट र आसपासकै बजार र ग्रामीण भेगमै उत्पादन खपत हुने फार्म सञ्चालकको विश्वास छ । नजिकै पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत अन्य सडकको पहुँच भएकाले ढुवानी गर्न सहज छ ।
दरमखोलाको सिञ्चित क्षेत्र भएकाले मजुवाफाँटमा पानीको बाह्रैमास सुविधा छ । पछिल्लो समय जिल्लामा व्यावसायिक कृषि र पशुपन्छीपालनतर्फ आकर्षण बढ्दो छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: