Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नयाँ शहर स्थापना गर्नुपर्नेमा प्राथमिकतामा : विकासमन्त्री साह

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गर्नुभयो । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो ।

“सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उनले भने ।

गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली यही पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएका कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए ।

शहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै उनले सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने सुझाव दिए । ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

गौरवका आयोजनाका रुपमा रहेको गोदावरी नपामा तीन हजार सिट क्षमताको गोदावरी अन्तरराष्ट्रिय सभागृह निर्माणले माघमा अन्तिम रुप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको सो अवसरमा उनले बताए । सो अवसरमा राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताए ।

विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिन्छन् । उनी विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: