Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चीनमा पाँच मध्ये एक जनामा उच्च रक्तचापको समस्या, अन्य रोगभन्दा रक्तचापबाट बढी व्यक्तिको मृत्यु

बेइजिङ । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु शेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताए ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मृगौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७।५ प्रतिशत, मधुमेहका ११।९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ ।

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमिया विरुद्ध जनवरीदेखि विशेष कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायका बारेमा सचेतना फैलाउने चीनको योजना छ ।

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जूनले यस कार्यक्रमले प्रारम्भमा २ लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending