Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

३ वर्षमा सक्नेगरी अस्पताल भवन निर्माणले गति लियो

गलकोट । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो ।

पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुन थालेको छ । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको थिएन । निर्माण शुरु भएको सात वर्ष बितेपछि बल्ल अस्पताल निर्माणले अन्तिम रूप लिन थालेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात बर्ष बित्दासमेत अझै सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । “अस्पताल व्यवस्थापन समितिको निरन्तरको दबाबपछि अहिले ठेकेदार कम्पनी आएर काम गरिरहेको छ”, रानाले भने, “ठेकेदारका पनि आफ्नै समस्या होलान् तर तीन वर्षमा सक्ने भवन आठ वर्षमा बल्ल सकिएला जस्तो छ ।”

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो ।

आगामी चैत मसान्तभित्र सबै काम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने १० वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीको उदासीनताका कारण अस्पताल भवनमा ढिलाइ भएको हो । हाल ५० शय्या क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शय्या क्षमताको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचना र जग्गाको अभाव रहँदै आएको छ ।

चारतला रहेको अस्पतालको अहिले उक्त भवनमा बाहिरी भाग प्लास्टर, खानेपानी, ढल तथा विद्युत्को काम भइरहेको छ । पछिल्लो चार महिनादेखि अस्पतालमा धमाधम काम भइरहँदा अस्पताल निर्माण चैतसम्म सकिने देखिएको छ । तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷ मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending