Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

लामो समयपछि मणिमुकुन्द उद्यानमा चुनावबाट नेतृत्व चयन

\"fulbari-butwal-1-kapil-jpeg\"७ साउन, बुटवल ।  बुटवल नगरपालिकाको मुटु मानिने पर्यटकीय केन्द्रविन्दु मणिमुकुन्द सेन उद्यान, फुलबारी बुटवलको नवौं साधारणसभा तथा तेस्रो अधिवेशन भएको एक सातापछि मात्रै नयाँ नेतृत्व पाएको छ । बुटवल नगरपालिका ४ स्थित रहेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको अध्यक्षमा निर्विरोध भन्दै  लामो समय पार्टीको चरणगत छलफल गर्दै राजनीतिक भागवण्डामा लुईँटेल अध्यक्ष भएपनि अन्य पदको लागी भने चुनाव गरिएको छ । जम्मा मतदाता ५२९ रहेको समितिमा  भएको करिबन ५० प्रतिशत जम्मा २६८ मत खसेको थियो । चुनावी प्रतिस्पर्धामा उपाध्यक्षमा मनोज राना १०४ मत थियो भने बाबुराम पोख्रेलको १५२ मतसहित विजयी भएका छन् । त्यसैगरी महासचिवमा रमेश नेपालले २१६ मत ल्याउँदा उनका प्रतिपक्ष रहेका राजेशनारायण श्रेष्ठ जम्मा ४० मतमा समेटिए, कोषाध्यक्षमा खुम वि.क.को ७० मत आएको थियो भने उनलाई पराजित गर्दै प्रतिद्धन्द्धी माधवप्रसाद श्रेष्ठले १८७ मत ल्याए । खुला सदस्यमा महेन्द्रकुमार राजभण्डारी २१० मत र टिकाराम शर्मा १४२ मतसहित दुवैजना विजयी भएका छन् भने अरु सदस्यका उम्मेदवार रहेका विजयरत्न शाक्य ३९ र विक्रमलाल राजभण्डारीको ७० मतमात्र आएको थियो । त्यसैगरी महिला सदस्यमा ज्ञानु लिगँललाई ७४ मत परेको थियो भने सिता खनाल १८१ मतसहित विजय भईन् । त्यस्तै जनजाती सदस्यमा प्रकाश कुमालले ११२ मत प्राप्त गरेका थिए भने १४३ मतसहित मिलेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । यता उत्पीडित तर्फबाट सदस्यमा जोगलाल विक, लेखा समितिमा संयोजक बाबुराम पाण्डे सदस्यहरुमा केशव ठकुराल, लिला विक भने निर्विरोध चयन भएका थिए । भनेको समयभन्दा झण्डै ४ घण्टापछाडीमात्रै सुरु भएको चुनावमा ८० प्रतिशत मत खस्न सक्ने अनुमान गरिएपनि मत पूरा खसेन मत पूरा नखस्नुको कारण सामाजिक संस्थामा चुनावी प्रक्रियाबाट जानु राम्रो सन्देश नभएको सदस्य भएर पनि चुनावमा भोट नहालेका एक सदस्यले गुनासो गरे । राजनीतिक भागबण्डाको कारणले गर्दा यस्तो सिर्जना भएको भन्दै यो सामाजिक हिसाबले ठीक भएन त्यसकारण भोट हालिन यसले बाहिर जनतामा सहि सन्देश दिदैन उनले भने । महासचिवमा जितेपछि प्रतिक्रिया दिदैं रमेश नेपालले आफूलाई जिताउने सबैलाई धन्यवाद दिदैं आफ्नो कार्यकालमा अझ कार्यभार पूरा गर्ने बताए भने अध्यक्ष लुईटेलले फुलबारीलाई अगाडी बढाउन जित्ने हार्ने सबैको हात रहने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending