Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

ओलीका तीन तुरुप, अध्यक्ष छाड्नै परे गौतमलाई दिने तयारी

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ ।

आजको नागरिक दैनिकमा खबर छ - कात्तिक २८ को सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई दाहालले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो ।

दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन् ।

दोस्रोमा पूर्व एमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रुपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेस गर्ने ओलीको योजना छ ।
ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन् ।

ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन् । ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ’, प्रधानमन्त्रीले थापासँग गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो ।

पूर्व माओवादी समूहका केही नेता समेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी छ । शनिबार बिहान दाहाल निवासमा भएको छलफलमा वामदेव गौतम पनि सहभागी थिए । गौतमले गुट भेलामा सहभागी नहुने तर सामूहिक छलफलमा सहभागी हुने बताउँदै आएका छन् ।

‘दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष गौतमलाई पनि बोलाइएको थियो उहाँसँग पनि केही बेर कुराकानी भयो तर कुराकानी लाभदायक भएन’, खुमलटार निकट स्रोतले भन्यो, ‘उपाध्यक्षले पनि दुई अध्यक्ष मिल्नुस्, पार्टी एकता जोगाउनुस् तर अलि बढी जिम्मेवार प्रधानमन्त्री बन्नुस् भन्नुभयो । कुराकानी त भए तर के के विषयहरू मिलेका छैनन् भन्ने बारेमा चाहिँ छलफल नै हुँदैन ।’ बिहान करिब १० बजे खुमलटार पुगेका ओली दुई घण्टापछि बाहिरिएका थिए । खुमलटारमा माधव नेपालको प्रवेशपछि ओली बाहिरिएका हुन् ।

प्रधानमन्त्री ओली खुमलटारबाट सीधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए। पुल्चोकमा गृहमन्त्री थापासँग केही बेर कुराकानी गरेका ओलीले सबैलाई मान्य हुने साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ । ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधारमन्त्री पद्मा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए ।

उनीहरूलाई ओलीले दाहालसँगको कुराकानी फलदायी नभएको बताएका थिए । ‘आजको भेट खास उपलब्धिमूलक भएको छैन । स्थायी कमिटीको बैठक चलिरहेको छ । समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर पार्टी सहमतिमा सञ्चालन गर्ने भन्ने उल्लेख छ त्यो सहमति उल्लंघन हुँदै आएको छ’, ओलीले त्यस बेला भनेका थिए । दाहाल–नेपाल समूह ओलीलाई एक पद छोडाउने रणनीतिमा लागेका छन् । तर ओली दुवै पद छाड्ने मनस्थितिमा छैनन् ।

ओली शनिबार दिनभरि नै भेटघाटमा व्यस्त रहे । ‘खुमलटारबाट निस्केपछि उहाँ दिनभरजसो व्यस्त हुनुभयो । पार्टी एकतालाई जोगाउन कसरी सकिन्छ भन्ने विषयमा निकै चिन्तित हुनुभयो र गृहमन्त्री तथा अन्य नेतासँगको छलफलमा रहनुभयो’, बालुवाटारनिकट स्रोतले भन्यो । दिनभर नेताहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । उनले दिनभर भएको घटनाक्रमबारे भण्डारीलाई ब्रिफिङ गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies