Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

खेलकूदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्नुहुँदै उनले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताए। करिब रु २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिए । उनले भने, ‘‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’’

उनले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे (फिल्म सिटी)को विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिए । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उहाँको भनाइ थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकूदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies