कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई यो कार्डले नगद नै दाइजोमा दिन बाध्य बनायो ।
“कार्डमै सामान नदिनु भनिएको छ, यसको अर्थ नगद नै दिनुहोला भनेको हो नि”, झरनाले भने, “रकम दिए काम लाग्छ, सामान राख्ने ठाउँ अभाव हुन्छ भनेर होला । आजभोलि अधिकांशले दाइजोमा सामान लिन मान्दैनन् ।”
टीकापुरकी टङ्कमाया पोखरेललाई पनि साथीको विवाहको निम्ता कार्ड आयो । कार्डमा जिन्सी सामान नल्याउन र सामाजिक दूरी कायम गरेर आउन उल्लेख गरिएको छ । “सामान आफूले चाहेजस्तो किनौँ भन्ने हुन्छ, आजभोलि मानिसले दाइजो नगद नै होस् भन्ने चाहन्छन्”, टङ्कमायाले भने, “सरसामान बोक्न झन्झट हुन्छ, रुपैयाँ भए काम लाग्छ भनेर नगद नै चाहनेहरु बढेका छन् ।”
विगतमा जिन्सी सामान दाइजोले भरिने विवाहमा आजभोलि जिन्सी सामान कमै देखिन्छन् । समाजशास्त्री शिवचरण चौधरी विगतमा कसको दाइजो कति आयो भनी हेर्ने समाज विस्तारै परिवर्तन हुँदै गएको बताउछन् । “केही वर्ष पहिला दुलही ल्याएमा दाइजो हेर्ने गाउँले जम्मा हुन्थे तर आजभोलि समय परिवर्तन भएको छ”, समाजशास्त्री चौधरीले भने, “आजभोलि हुने विवाहमा दुलही कति पढेकी छ, कहाँ जागिर गर्छ भन्ने चर्चा हुन्छ । यो विवाह संस्कारमा आएको सकारात्मक परिवर्तन हो ।” समाजशास्त्री चौधरीका अनुसार समाजले पढेलेखेकी र जागिरे बुहारी खोज्न थाल्नुले छोरीको महत्व बढेको छ ।
नेपालको कानूनले दाइजो लेनदेन गर्नु अपराध मानेको छ तर नेपाली समाजमा दाइजो प्रथा अझै कायम छ । विगतजस्तो दाइजो दिनेलिने चलन केही परिवर्तन भए पनि अन्त्य भने हुनसकेको छैन । आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नमिल्ने भए पनि अझै दाइजो प्रथा अन्त्य नहुनुले पनि महिलामाथि हिंसा बढिरहेको अधिकारकर्मी नयनतारा श्रेष्ठ बताउछन् । “परिपक्व बनाएकी छोरीको कमाइखाने बेला अर्काको घर पठाउनुपर्छ”, श्रेष्ठ भन्छन्, “पढेलेखेकी, जागिरे छोरी विवाह गरी पठाउँदा पनि सरसामान भरिभराउ गरेर पठाउने चलन गलत होइन त ?”
सामाजिक व्यवहार ऐन, २०७५ मा विवाह गर्दा दाइजो लिन दिन नहुने उल्लेख छ तर समाजमा कार्यान्वयन हुनसकेको छैन । जन्ती जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी लैजान नहुने पनि ऐनमा उल्लेख छ । केटा वा केटी पक्षले विवाहभोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ ।
“विवाहसम्बन्धी ऐनले छोरीको विवाह गर्दा अभिभावकलाई आर्थिक भार खप्नै नसक्ने अवस्था आउन नदिन केही सहयोग गरेको छ”, शिक्षक हस्तलाल चौधरी भन्छन्, “नेपाली समाजमा धेरै छोरी दाइजोकै कारण हिंसा सहन बाध्य छन् । यसलाई रोक्न सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: