Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

वीरगञ्ज । वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा, निजी व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - वीरगन्ज महानगरपालिका–८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा छ ।

मन्दिरको सार्वजनिक उक्त जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी हुन् । मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि शुक्रबार बिहान वडा अध्यक्षसहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका छन् ।

शुक्रबार बिहान वडाध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय तनाव भएको थियो । सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्याक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, मुभाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ ।

मन्दिरको सार्वजनिक जग्गा निजी कसरी बनाइयो ?

२०४७ सालको नापी अनुसार, साविकको वडा नम्बर १० (हाल वडा नम्बर ८) स्थित कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा, एक राणा परिवारले २०४९ साल वैशाख १३ गते सुर्वण मन्दिरको नाममा दान गरेर रजिष्ट्रेसन पास गरिदिएका थिए ।

मन्दिरको नाममा रजिष्टे«शसन पास गरिएको ७ वर्षपछि २०५६–०९–०२ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराई ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ । त्यस बीचमा मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गा जग्गामध्ये १० धुर जग्गा ४ पटक खरिद बिक्री भएको देखिन्छ ।

२०५१–०४–१६ मा मन्दिरको नाममा रहेको १० धुर जग्गा, रतनकुमार शर्माले मुरलीधर शर्मासँग खरिद गरेर आफ्नो नाममा रजिष्ट्रेसन पास गरेको देखिन्छ ।

२०५६–०४–२६ मै त्यही जग्गा रतनले आशदेवी अग्रवालको नाममा पास गरेर बिक्री गरेको देखिन्छ । आशादेवीले भने २०५६–०६–२५ मा १० धुरमध्येको ७ धुर जग्गा बिक्री गरेर वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरेर बाँकी ३ धुर जग्गा भने आफ्नै नाममा राखेको देखिन्छ ।

अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६–०७–१७ मा आफ्नो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ ।

जग्गा मन्दिरकै हो : वडाध्यक्ष
मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले भने खातुनले आफ्नो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताए । ‘मन्दिरको जग्गा सार्वजनिक हुन्छ । त्यो खरिद बिक्री गर्नै मिल्दैन’, उनले भने, ‘तर भुमाफीयाले रकमको चलखेल गरेर ४–४ पटकसम्म किनबेच गराएका रहेछन् ।’

उनले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि नक्सा पासको सिफारिस माग्न वडा कार्यालय आउदा आफूले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइ दिएको बताए ।

मन्दिरको जग्गाको सबै सरकारी प्रमाण सुरक्षित छ : स्थानीय

मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रन्जित साहले करोडौं मूल्यको जग्गामा आँखा लगाएर भूमाफीयाले मन्दिरको जग्गा जालसाजी गरेर निजी बनाउन खोजेको बताए । ‘जग्गा मन्दिरको हो भन्ने प्रमाणित गर्ने सबै सरकारी कागजपत्र मसँग सुरक्षित छ’, उनले भने ।

मन्दिर हिन्दु धर्मसँग जोडिएको विषय भएकाले मन्दिरको जग्गा र सम्पति संरक्षणका लागि आफूले जस्तोसुकै कदम उठाउन पनि तयार रहेको उनले बताए । निजी जग्गामा घर बनाउनका लागि नगरपालिकाले नक्सा पास नगरिदिएर अप्ठेरोमा पारिदिएको गुनासो पनि उनले गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) असमान तामाङले भने आफ्नो सरोकारको विषय नभएकाले यो बारेमा आफूलाई केही थाहा नभएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending