संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ ।
युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ । यो रकमका लागि दातृ निकाय समक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ ।
युनिसेफले माग गरेको उक्त रकम चालु वर्षको भन्दा ३५ प्रतिशत बढी हो । युनिसेफद्वारा जारी वक्तव्यमा कोभिड–१९ महामारीका कारण अति जोखिममा परेका समूदाय खासगरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको उल्लेख छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोडले महाविनाशकारी कोभिड–१९ महामारीसँगै द्वन्द्व, जलवायु परिवर्तन, विपद र विस्थापनका कारण त्यसबाट बालबालिकामाथि पर्ने प्रभाव भयावह हुने बताएका छन् । उनले भने, “आज कोभिड–१९ का कारण बाल अधिकारमाथि चुनौतीहरु खडा भएका छन् । उनीहरु स्वास्थ्य र अन्य कल्याणका कार्यबाट विमुख हुनु पर्ने अवस्था छ ।”
यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने बताउँदै उनले यस घडीमा सबै दातृ निकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि अझ बढी एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरेका छन् ।
बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध भएको छ । कोभिड–१९ का कारण विद्यालयहरु बन्द भएका कारण झण्डै २५ करोड भन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बन्चित भइरहेका छन् ।
युनिसेफले आर्थिक अस्थिरताले अत्यावश्यकीय सेवामा असर परेको तथा धेरै परिवारलाई आफ्ना अति जरुरी कुराहरु पूरा गर्न कठिनाई भएको तथा लैंगिक हिंसाका घटना बढेको पनि जनाएको छ । साथै, यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाई छ ।
अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण २८ लाखभन्दा बढी नागरिकलाई अत्यावश्यक सेवा आवश्यक भइसकेको छ । मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा १ लाख ९१ हजार बालबालिका समेत ४ लाख २५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफको भनाई छ ।
जलवायुसँग सम्बन्धित विपद विगत ३० वर्षमा तीन गुणा बढेको छ । यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको तथा मानिसलाई अन्य पलायन हुन बाध्य पार्नुका साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढाएको छ ।
ठूल्ठुला आँधीले मध्य अमेरिकी मुलुकमा ठूलो क्षति पुगेको र त्यसबाट जोखिममा रहेका समुदायको संख्या बढाएको छ । यहाँ झण्डै २६ लाख बालबालिकालाई असर परेको छ । पूर्वी एसियाका फिलिपिन्स, भियतनाम र कम्बोडिया समेतका मुलुकका १ करोड ३४ लाख बालबालिका प्रभावित भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: