काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ । आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से आज २८.७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ ।
कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर रु आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो ।
कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन ।
स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९.६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट टे«डङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए । त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.३२ प्रतिशतले गुमाए । आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: