Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

चन्दले दावी गरेको ‘क्रान्ति’ आवश्यकता होइन : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

“ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्यो”, उनले बताए । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । “चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले दोहोर्याए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले थपे, “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताउनुभयो । उहाँले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए । “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उहाँले आवश्यकता औँल्याए ।

बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थिए ।

केन्द्रीयसहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका काभ्रेपलाञ्चोकस्थित केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले आज धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वगात गरे ।

नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् । नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताए । उनले भने, “बम र सिलिण्डर विस्फोटन गरेर क्रान्ति हुन्न, पार्टीभित्र मुक्तिका लागि लड्ने कोही देखिएनन् त्यसैले पार्टी त्यागेका हौँ ।”

तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् । उनीहरुमध्ये केहीलाई नेकपामा पुनः प्रवेश गराउने प्रयास भइरहेको तामाङले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE