Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बागलुङका टोल बस्तीमा पुगेर योजना सम्झौता

बलेवा । बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताए ।

“मैले अन्यत्र यस्तो काम गरेको थिएँ, यहाँ मात्र नयाँ प्रयोग हुने हो”, उनले भने, “अब कामले छिट्टै गति लिन्छ ।” उनका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरूले गर्ने खर्चभन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उनले अनुभव सुनाए ।

बागलुङ नगरपालिकामा झण्डै ५५० योनजा चालु वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन् । पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन् । तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनीयर त्रिलोचन गिरीले बताए । “एकदुई योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिक योजनाको लागत स्टिमेट बनाउन लागेका छौँ”, गिरीले भने, “गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।”

चालु वर्ष जैमिनी नगरपालिकाले पनि केही योजना उपभोक्तामाझ पुगेर सम्झौता गर्न तयारी गरेको छ । योजना अधिकृत प्रेम सापकोटाले उपभोक्तालाई नगरपालिकामा बोलाएर गर्ने सम्झौताको तुलनामा कम खर्च हुने अवस्थामा बस्तीमा पुगेर सम्झौता गर्ने बताए । समयमै कामसमेत थालेर वर्षात्अघिनै काम सक्ने, फरफारक गर्ने र बजेटको सदुपयोग गर्ने अभियान चलाउने सापकोटाको योजना छ । गत वर्षहरूमा असारमा सम्झौता गरेर काम अलपत्र छाड्ने प्रवृत्ति बढी थियो । बागलुङ नगरपालिकाका कतिपय योजना अहिले पनि समयमा नसकिएर अलपत्रजस्तै छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending