काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए।
मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिए। सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको प्रतीक भएको बताउँदै मन्त्री भट्टराईले मन्दिर, गुम्बा चैत्यको उचित संरक्षण गरिने बताए। उनले भने, “विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युगौयुगसम्म बचाउनुपर्ने सरकारको दायित्व हो । इतिहासमा के कस्तो काम भएका थिए, लिच्छबी काल र मल्लकालमा कस्तो थियो, ती सबै भावी पुस्ताले हेर्न तथा अध्ययन गर्न सक्नेगरी संरक्षण गर्न सरकार लागि परेको छ ।” पर्यटनमन्त्री भट्टराईले काठमाडौँको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गरिने बताए।
पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौँको नागपोखरी आसपासमा रहेको सात वटा १०० वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गरे। उनले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाको एउटै प्याकेज बनाएर संरक्षण गर्न अनुरोध गरे। अर्का सांसद भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गरिनुपर्नेमा जोड दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: