Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह

काठमाडौँ । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको बताए । “सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिंसाको सिकार भएका छन्, त्यसका विरुद्धमा महासङ्घले सधैँ आवाज उठाउने गरेको छ”, उनले थपे, “हाम्रा लागि ३६५ दिन नै हिंसाविरुद्धको दिवस हो ।”

महिलामाथि हुने हिंसाका लागि सरकार मात्र नभई समाज र समाजका विभिन्न सामाजिक संस्थासमेत जिम्मेवार हुनुपर्नेमा उनको जोड छ । महिला हिंसा अन्त्यको लागि स्थापनाकालदेखि महासङ्घले विभिन्न दबाबमूलक काम गर्दै आएको उनले स्पष्ट पारे । सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा १६ दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । यो वर्ष कोभिड–१९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए ।

कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताए । यस दिवसका उपलक्ष्यमा महासङ्घले लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । साथै वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिंसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । आजदेखि शुरु भएको यो दिवस यही मङ्सिर २५ गते समापन हुनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: