Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बाइडेन प्रशासनः अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । साथै उनीसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।

ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।

बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहेका दुई व्यक्तिहरु सुशान राइस र सिनेटर क्रिस कून्सका बारेमा भने सिनेटको सुनुवाईमा धेरै जटिलताको सामना गर्नुपर्ने हुनसक्छ ।

राइसका बारेमा सिनेटमा रिपब्लीकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणका बारेमा राइसले दिएको अभिव्यक्तिका बारेमा रिपब्लीकन पार्टीले असन्तोष जनाउँदै आएको छ ।

सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरु र अन्य महत्वपूर्ण पदहरुमा सिनेटमा कडा प्रश्नहरुको सामना गर्नु पर्नेछ, र सुनुवाईमा पनि ढिलाई हुन सक्नेछ ।

तर जर्जिया राज्यमा आगामी जनवरी ५ मा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ ।

बाइडेनले आफ्नो मन्त्री परिषदमा हुने छनौटमा विशेष रुपमा अहिले ध्यान दिइरहनु भएको छ । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्य जस्ता पदहरु निकै महत्वपूर्ण हुने छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending