काठमाडौं । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण शुरु भएको छ ।
नदीको दायाँबायाँ गरी करिब छ किमी वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण देवालय पुनःनिर्माण शुरु गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । एशियाली विकास बैङ्कको रु एक अर्ब २८ करोड ऋण सहयोगमा नदीको दायाँबायाँ सौन्दर्य अभिवृद्धिसँगै देवालय पुनःनिर्माण पनि शुरु गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिए।
यो बजेटबाट गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरवाहिनी क्षेत्रको करिब २०० मिटर नदी किनारका पुरातात्विक महत्वका सत्तल पुनःनिर्माण र सौन्दर्य अभिवृद्धि गरिने छ । समितिले गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको करिब सात किमीमा पनि नदी सौन्दर्य अभिवृद्धिको काम गरिरहेको छ । मुआब्जा विवादका कारण रोकिएको काम आजैदेखि पुनः गर्न आइतबार सरोकार भएका निकायबीच सहमति भएको छ ।
गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको सौन्दर्य अभिवृद्धिको काम रु एक अर्ब ९० करोड लागतमा भइरहेको छ । मुआब्जा विवादका कारण करिब एक वर्षदेखि रोकिएको कामको हालसम्म ७६ प्रतिशत भौतिक र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । आगामी पुसमा म्याद सकिने भएपछि एक वर्ष थप गर्न समितिले शहरी विकास मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।
सिनामङ्गलबाट थापाथली पुलसम्मको नदी किनारमा भने सुकुम्वासी बस्ती रहेकाले सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन नसकिएको सूचना अधिकारी अर्यालले बताए। समितिले वाग्मती नदी किनारमा रहेका सार्वजनिक जग्गालगायत सम्पत्तिसम्बन्धी कार्यविधिको मस्यौदा निर्माणसमेत शुरु गरेको जनाएको छ । तीन महिनाभित्रमा कार्यविधि जारी हुने गरी काम भइरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: