काठमाडौं । लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता’ नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।
गत चैतमा नेपालमा कोरोना महामारी शुरु भएपछि ७० प्रतिशत महिलाले रोजगारी गुमाएको आयोगले जनाएको छ । पछिल्लो समय साना बालिकासमेत बलात्कारमा पर्ने गरेका उजूरी आयोगमा बढ्न थालेका छन् ।
महिला, कानून र विकास मञ्चलगायत सामाजिक संस्थाले आजदेखि भर्चुअल माध्यमबाट शुरु गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण बढेपछिको अवस्थामा महिलामाथि हुने हिंसाका घटना पनि बढ्न थालेको बताउँदै प्रदेश र स्थानीय सरकारलगायत सामाजिक संस्थालाई समेत सो अभियानको कार्यक्रममा सहभागिता जनाएर सफल बनाउन आह्वान गरे । दक्षिण एशिया क्षेत्रमै पछिल्लो समय लैङ्गिक हिंसा बढिरहेको उनले जानकारी दिए ।
राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले ९३ प्रतिशत लैङ्गिक हिंसाका घटना घरभित्र र परिवार नजीकका मानिसबाट हुने गरेको उजूरी आएको जनाउँदै महिलाको शिक्षा र आर्थिक स्रोतमा पहुँच नपुग्दा हिंसाका घटना बढ्ने गरेको बताए। मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले हिंसाविरुद्ध मौनताको संस्कृति तोड्न असल अभ्यास कार्यक्रम शुरु गरिएको जानकारी दिए। ‘भिएसओ’ नामक संस्थाको सहज कार्यक्रमका शिखा श्रेष्ठले बढी लैङ्गिक हिंसा परिवारमै हुने गरेकाले मौनताको संस्कृतिलाई तोड्नुपर्नेमा जोड दिए । राजधानीमा आज पहिलोपटक गरिएको कार्यक्रम अन्य स्थानमा पनि गरिने जनाइएको छ । कार्यक्रममा नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक लिसा होनान, तराई क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धको अभियानमा मनोसामाजिक परामर्शदाताका रुपमा काम गरिरहेका रेणु कर्ण, सिरहा जिल्लामा स्थानीय स्वयंसेवकका रुपमा कार्यरत सहजकर्ता रिकुकुमार मण्डललगायतले बलात्कारका घटनाका दोषी नसमातिने गरेको र दोषीलाई कानूनी कारवाही नगर्दा दण्डहीनता बढेकाले यसतर्फ सरोकार निकायले ध्यान दिनुपर्ने सुझाव दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: