काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । सो अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नुपर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएका छन् ।
भर्चुअल माध्यमबाट शनिबार आयोजना गरिएको छलफल कार्यक्रममा उनले महाअभियान विनापैसाको एवं कुनै समिति नबनाई सञ्चालनमा रहेको बताए ।
“महाअभियानमा धेरै पैसा आएको छ, त्यही भएर अभियानकर्मी लामो समयदेखि लागिपरेका छन् भन्ने भ्रम आम मानिसमा परिरहेको छ । निःस्वार्थ वाग्मती किनारमा जम्मा भएर दिसापिसाबलगायत फोहर सफाइ गर्दा पनि पैसाका पछि लागेको आरोप खेप्नुपरेकाले यसलाई जनसमक्ष प्रष्ट पार्नुपर्छ”, चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहनुभएका पौडेलले अभियानकर्मीलाई सम्बोधन गर्दै भने । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरेका कारण यस्तो आरोप लागेकामा पुनःविचार गर्न अभियानकर्मीले माग गरेका छन् ।
महाअभियान शुरु भएको १२ हप्तासम्म पनि अधिकार सम्पन्न वाग्मती महाअभियानसँग जोडिएको थिएन । कार्यक्रममा अभियानकर्मी ओम बस्नेतले अधिकारसम्पन्न वाग्मतीसँग सहकार्य नगरी स्वतन्त्र स्वयंसेवी महाअभियानका रुपमा वाग्मती सफाइलाई अघि बढाउनुपर्ने बताए ।
विगतमा भगवान्दास मानन्धरले एक्लै वाग्मती सफाइ शुरु गरेजस्तै स्वयंसेवी अभियानकर्मीमात्र सहभागी भएर सफाइ अभियानलाई अघि बढाउनुपर्नेमा कार्यक्रममा अभियानकर्मी राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोविन्द काफ्ले, चक्रबहादुर चन्द, प्रिया लामिछानेलगायतले जोड दिएका थिए। हुतराम वैद्यले पनि लामो समयसम्म एक्लै वाग्मती सफाइ चलाएका थिए ।
अभियानकर्मीले सो दिन वाग्मतीलगायत यसका सहायक नदीका मुहान क्षेत्रमा माछाका भुरा छाडेर सकारात्मक सन्देश दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । वाग्मतीलगायत यसका सहायक नदीको दायाँबायाँ खाली रहेको जग्गामा बगैँचा बनाएर पनि नदी सभ्यता संरक्षणमा सहयोग गर्न सकिने अभियनकर्मीको भनाइ थियो ।
अभियानकर्मीसमेत रहेका पूर्वसचिव किशोर थापाले कोरोना भाइरसको सङ्क्रमणका कारण अभियानकर्मी टाढा हुन थालेकाले उपत्यकाका १८ वटै स्थानीय तहलाई वाग्मती र यसका सहायक नदी सफा राख्न जिम्मेवार बनाउने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताए । उपत्यकावासीका घरघरमा सफाइ अभियानका विषयमा चेतना जगाई कुहिने र नकुहिने फोहरलाई छुट्याएर वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो ।
अभियानकर्मी डा लक्ष्मी पौडेलले वाग्मती सफाइ महाअभियानमा अधिकारसम्पन्न वाग्मती समितिसँगै उपत्यकाका स्थानीय तह र वडालाई पनि जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: