Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

३ हजार घरमा विद्युतीकरण शुभारम्भ

पाँचथर । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् ।

शुक्रबार जिल्ला आएका उनले अलगअलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई गाउँपालिकाका छ वटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रबार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो ।

कुम्मायक – २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालि काठमाडौँले रु छ करोड ९३ लाख ९४ हजार ४४५ का लागतमा विद्युतीकरणको काम सम्पन्न गरेको छ । विद्युत् विस्तारका लागि एचटी लाइन १२।७ किलोमिटर र एलटी लाइन ६१।९६ किलोमिटर विस्तार गरिएको छ भने चार ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिए ।

मिक्लाजुङ–१ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालिले नै रु १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२।३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए ।

मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु पाँच करोड १२ लाख ७९ हजार २९५ का लागतमा यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो । विद्युत् विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९।३२ किलोमिटर एलटी लाइन विस्तार गरिनाका साथै आठ ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणीन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो । यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो । विद्युत् विस्तारका लागि १५।९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतीकरणको कार्य अगाडि बढाएका थिए । सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए ।

पछिल्लो पटक प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत पनि विद्युतीकरण अगाडि बढाइएको छ । उनले शुक्रबार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सबस्टेशन निर्माणको शिलान्याससमेत गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies