Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

डोटी । पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती औजारप्रति बढी आकर्षित हुने गरेका हुन् ।

गोरुले जोत्नुभन्दा हाते ट्र्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने दिपायल पिपल्लाकी देबकी कठायत खड्काले बताए । “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्र्याक्टरको माग बढ्दै गएको हो,” उनले भने, “पछिल्लो समय मैले पनि हाते ट्र्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।” यहाँका अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्र्याक्टरले खेत जोत्न थालेका छन् । यसका साथै जिल्लामा धान चुट्न तथा गहुँ काट्नका लागि थ्रेसर औजारको प्रयोग पनि बढ्दै गएको छ ।

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्र्याक्टरले एक÷दुई घण्टामा सक्ने भएकाले समय र श्रमसमेतको बचत हुने सिलगढी नगरपालिका–३ बाँफी गाउँका हिक्मतबहादुर साउदले जानकारी दिए । उनले भने, “गोरु नलाग्ने ठाउँसमेतमा हाते ट्र्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटोछरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्र्याक्टर ।” पछिल्लो समय जिल्लामा हाते ट्र्याक्टर तथा थ्रेसर औजार खरीद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने, “कृषि यन्त्रको माग बढेपछि कतिपय किसानलाई हामीले पनि अनुदानमा कृषि यन्त्र दिन थालेका छौँ, कतिपयले त आफैँ पनि किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।”

निर्देशनालयले आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लाभर १०० भन्दा बढी किसानले अनुदानमा विभिन्न कृषियन्त्र पाएको जनाएको छ । शहर बजार तथा समथल क्षेत्रमा भन्दा पनि यहाँका ग्रामीण क्षेत्रका खेतमा कृषि औजारको बढी प्रयोग हुने गरेको किसान बताउँछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending