Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा काभ्रेपलाञ्चोकको स्थानीय तह

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ ।

विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले स्थानीय तहको वडा तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व हुनुपर्ने आवाज उनले उठाउँदै आएका थिए । तिमल्सिनाले आफूहरू शारीरिकरुपमा कमजोर भए पनि सम्भव काम गरेर खान चाहेको बताए । उनले भन्छन्, “खेतीपातीले एक महिनामात्रै खानपुग्ने मेरो परिवारले कोरोनाको समयमा काम गर्न नपाउँदा निकै समस्या झेलिरहेका छौँ, यसको सुनुवाइ सरोकारवाला निकायले छिट्टै गरोस् भन्ने चाहेका छौँ ।”

विषम परिस्थितिमा हाल सो नगरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सञ्चालन गरेको ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ परियोजनाले अपाङ्गता भएका स्थानीय व्यक्तिको जीवनशैलीमा परिवर्तन आउने उनको विश्वास छ । तर, विपद्मा सबैभन्दा बढी जोखिम वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्ति नै हुने भएकाले जोखिम न्यूनीकरण समितिमा अपाङ्गता भएका व्यक्तिलाई राख्न सहज नभएको सो पालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनले भन्छन्, “वर्षेनी अपाङ्गता भएका व्यक्ति केन्द्रित सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, सहज वा विषम परिस्थितिमा अपाङ्गता वर्गलाई नगरले प्राथमिकतामै राखेको छ ।” नगरको कार्ययोजनाले सबै अपाङ्गता भएका व्यक्ति समेटिएको उनले जिकिर गरे ।

मण्डन देउपुरकै ६ नम्बर वडा निवासी शारीरिक अपाङ्गता भएको एवं अपाङ्गता महिला सङ्घको महासचिव पम्फा पुर्कुटी परियोजनाको अपाङ्गतामैत्री सूचना सामग्रीका कारण अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन हुँदै गएको बताए । उनले थपे, “उहाँहरूले समुदायस्तरका आफ्ना हकहित तथा पाउने सेवा लिन थाल्नुभएको छ, जोखिम न्यूनीकरण तथा विपद्मा राहत पाउने विधिलगायतमा अहिले उहाँहरूको ध्यान केन्द्रित हुँदै गएको छ ।” परियोजनाको फोकल पर्सनसमेत रहनुभएका पुर्कुटीका अनुसार परियोजनामार्फत क्षमता अभिवृद्धिका तालीम भइरहेका छन् । नगरमा पाँच सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको उनले बताए ।

काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकास्थित शारीरिक अपाङ्गता भएका व्यक्ति एवं स्थानीय अपाङ्गता संस्थाका संयोजक चन्द्र लामा परियोजनाबाट सो समूहका स्थानीय व्यक्तिले केही लाभ लिइरहेको बताए । “परियोजनाले जीवनयापनमा सहजता ल्याउने सूचना सामग्रीसँगै क्षमता अभिवृद्धिका कार्यक्रमले यहाँका त्यस्ता व्यक्तिमा आकर्षण देखिएको छ, उनीहरूका आवश्यकताअनुसारका राहत दिलाउने आश्वासन पाएका छौँ”, उनले भने । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई परियोजनाको सेवामा आबद्ध हुन आग्रह गरिएको उनले बताए ।

कोरोना भाइरसका कारण अपाङ्गता भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यस विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सीबीएमको साझेदारीमा सञ्चालित ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ नामक परियोजना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा र भुम्लु गाउँपालिका तथा सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सञ्चालन गरिएको छ । परियोजना सञ्चालित स्थानीय तहमा भौतिक पूर्वाधार (क्वारेन्टिन, स्वास्थ्य केन्द्र र बास केन्द्र) तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्ति लक्षित पहुँचयुक्त गतिविधि भइरहेको परियोजनाकोे कार्यक्रम अधिकृत सुरक्षा ढुङ्गानाले बताए । “कार्यक्रमले अपाङ्गता भएका व्यक्तिले अब सूचना र सञ्चारका लागि अन्य समयजस्तै अवरोधको सामना गर्नुपर्ने छैन भन्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनका अनुसार क्षमता अभिवृद्धि तालीमले अपाङ्गता भएका व्यक्ति परिवार तथा समाजमा नयाँ काम तथा सहजीकरण गर्न हौसिएको पाइएको छ ।

नेपालको संविधान विसं २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (पहिलो संसोधन, २०७५)ले अपाङ्गता भएका व्यक्तिको सूचनाको हकलाई सुनिश्चित गरेको छ । नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २१ मा पनि यस हकको ब्याख्या गरिएको छ । उक्त महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चारप्रणाली पहुँचयुक्त हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य (नं १०)मासमेत अपाङ्गता भएका व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies