Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

कोरोना सङ्क्रमणबाट काभ्रेमा दुई पुरुषको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार ८७ वर्षीय पुरुष मधुमेह तथा निमोनियाका कारण अस्वस्थ भई कात्तिक २४ गते अस्पतालमा भर्ना हुँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ८४ वर्षीय पुरुषमा उच्च रक्तचाप तथा मिर्गौला खराबी भई उपचारार्थ अस्पताल भर्ना हुँदा सोही दिन कात्तिक २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै मृतक पुरुषको दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाट लगेको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमणबाट १० महिलासहित ३३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा आजसम्म दुई हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ७९ प्रतिशत अर्थात् एक हजार ७३४ सङ्क्रमणमुक्त भई घर फर्किएको पोष्टले जनाएको छ । पोष्टका अनुसार सक्रिय सङ्क्रमितमध्ये ३० जना अस्पताल आइसोलेशन र ४१८ जना होम आइसोलेशनमा उपचाररत छन् ।

यसैबीच हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २१६ जना बनेपा नगरपालिकाका हुन् । त्यस्तै धुलिखेल नगरपालिकाका १३६, पनौतीका ४०, पाँचखालका १३, नमोबुद्धका २७, मण्डनदेउपुरका १९ तथा भुम्लु गाउँपालिकाका तीन, रोशीका पाँच, चौँरीदेउरालीका दुई, बेथानचोकका तीन, तेमाल, महाभारत र खानीखोलाका एक÷एक सङ्क्रमित रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending