चितवन । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् ।
दशैँं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दशैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायीले बताएका छन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको सङ्ख्या निकै न्यून छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उनको भनाइ छ ।
उनले भने, “बस्नेभन्दा दैनिक घुमेर फर्किने धेरै छन् ।” यसरी घुम्नेहरु चितवन र छिमेकी जिल्लाका हुने गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई होटलमा बस्ने पर्यटकको सङ्ख्या न्यून मात्रै रहेको बताए । केही होटलमा विवाहको कार्यक्रम भएको भए पनि अन्य होटल पाहुनाको पर्खाइमा रहने गरेको उनको भनाइ छ ।
कोरोना सङ्क्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक आउने गरेको बताए । दशैंँपछि हालसम्म रेष्टुरेन्टमा ठीकै व्यापार भएको भन्दै उनले अवको अवस्था कस्तो रहन्छ एक दुई दिनमा थाहा हुने बताए ।
चैत ११ गतेदेखि बन्द भएका होटल साउनमा केही दिन खुलेर पुनः बन्द भएका थिए । असोज १ गतेदेखि खोलेका होटलले सोचे जस्तो व्यापार गर्न सकेका छ्रैनन् । सौराहामा ११० होटल छन् । साना ठूला सय हाराहारी रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक सौराहामा रात बिताउने गर्दछन् । त्यहाँ आएकाले निकुञ्जभित्र जीप सफारी, पैदल र डुङ्गा सयर गर्दछन् भने निकुञ्जबाहिर मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी र जीप सफारी गर्ने गर्दछन् । निकुञ्जमा देखिने दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंँडा, बाघ, घडियाल गोहीलगायत जीवजन्तु र चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: