Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

गगन थापाले मञ्चबाट ठोक भनेपछि कमल पोखरीमा लाठिचार्ज

\"gagan\"५ साउन, काठमाडौं । संविधान सुझाव संकलनको कार्यक्रममा कमल पोखरीमा प्रहरीले लाठिचार्ज गरेको छ । मंगलबार कमलपोखरीको जैन भवनमा आयोजित सुझाव संकलनमा शान्तिपूर्ण मत राख्ने क्रममा प्रहरीले लाठिचार्ज गर्ने क्रममा बैद्य निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र वस्नेत सहित ६ जना घाइते भएका छन् । घाइते ६ जनालाई नै प्रहरीले गिरफतार समेत गरेको महासचिव उत्तम अधिकारीले खबरडबलीलाई जानकारी दिए । अधिकारीक अनुसार संविधानसभाका सभासद् गगन थापा , राजन भट्टराई र गिता राणा सुझाव संकलन गर्न जैन भवनमा कार्यक्रम गर्दै थिए । बैद्य निकट क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले आफूले पनि सुझाव राख्न पाउनुपर्ने माग गरेपछि मञ्चबाट बोलाइएको थियो । बस्नेतले सुझाव राख्ने क्रममा संविधानसभा नै अवैध रहेको सुझाव राखेका थिए । उनले बहिस्कार गर्न आग्रह गर्दै गर्दा मञ्चबाट गगन थापाले ‘ठोक’ भन्दै आदेश दिएपछि उनीसँगै आएका कार्यकर्ताले बस्नेत सहितका कार्यकर्तामाथि आक्रमण गरेका थिए । प्रहरीले उनीहरुमाथि लाठिचार्ज सहित गिरफतार गरेको थियो । महासचिव अधिकारीका अनुसार प्रहरीले विद्यार्थी नेता विरेन्द्र बस्नेत, धिरज खनाल ललितजंग थापा, सुरेश भण्डारी, घनश्याम चौधरी, फणिन्द्र कार्कीलाई गिरफतार गरेको छ । त्यस्तै गरि क्रान्तिकारीले बक्तव्इ निकालेर घटनाको भत्र्सना गरेको छ । विरेन्द्र वस्नेत, धिरजखनाल, ललितजंग थापा, सुरेश भण्डारी, घनश्याम चौधरी फणिन्द्र कार्की, वक्तव्य पनि भरखरै निकालेको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending