Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

महामारीको भुमरीमा भारत जान उर्लियो भिड

बाँके। गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका छन् । अवस्था कतिसम्म भयावह छ भने भारत जानेहरूलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई हम्मे परेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार शनिबार मात्रै एक हजार तीन सय ६० नेपाली भारततर्फ लागेका छन् । शुक्रबार सात सयभन्दा बढी गएको उनले बताए । ‘दसैँको टीका छाडेर फूलपाती, महाअष्टमी र नवमीका दिन पनि धेरै नेपाली भारततर्फ गए । दसैँ सकिएको भोलिपल्टदेखि त नाकामा थामिनसक्नु भिड लाग्न थालेको छ । भिड नियन्त्रणका लागि थप बल मगाउनुपर्ने अवस्था आइसक्यो,’ सइ गिरीले भने ।

खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् । लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूले सुनाउने गरेको गिरीले बताए ।

दसैँअघि भारतले आधार कार्ड भएकालाई मात्र नाकाबाट प्रवेश दिएको थियो । तर, अहिले भने आधार कार्ड नभएकालाई समेत प्रवेश गर्न दिइरहेको छ । जसले गर्दा नाकामा थामिनसक्नु भिड लागेको छ । ‘भारतीय पक्षले अनौपचारिक रूपमा नाका खुला गरिसक्यो । त्यसको असर हामीलाई परिरहेको छ,’ सइ गिरीले भने ।

भारतमा कोरोेना महामारीले भयावह रूप लिइरहेकाले त्यसतर्फ नजान सम्झाउँदा उल्टै झर्किने गरेको गिरीले बताए । ‘कामका लागि भारत जानेहरू एकसाथ ठूलो संख्यामा आउँछन् । कतिलाई सम्झाउनु र बुझाउनु ? बाध्य भएर भारत गइरहेकालाई सम्झाउन खोज्दा झर्किन्छन्, गाली गर्छन्,’ उनले भने, ‘भारत जानेलाई रोक्न खोज्यो, भारतबाट फर्किनेहरू जबर्जस्ती प्रवेश गर्न खोज्छन् । नाकामा पुगिसकेकालाई रोक्न सम्भव छैन ।’

उपचार, औषधि खरिद, बिरामी भेटघाट र मलामी जान भने दुवै देशका नागरिकलाई सीमामा आउजाउ गर्न सहुलियत दिएको प्रहरीले जनाएको छ । यसरी दैनिक सरदर पाँच सय नेपाली र भारतीयले ओहोरदोहोर गर्ने गरेको सई गिरीले बताए । ‘बिरामीको पर्चा र वडा कार्यालयको सिफारिसको आधारमा दिनभरका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ,’ उनले भने ।

भारत कोरोना संक्रमणबाट धेरै प्रभावित हुने दोस्रो देश हो । आइतबारसम्म यहाँ संक्रमितको संख्या ८१ लाख ७९ दुई सय ५० पुगेको छ । एक लाख २२ हजार ९९ को मृत्यु भइसकेको छ । पाँच लाख ७२ हजार आठ सय १४ सक्रिय संक्रमित छन् । सर्वसाधारण नेपाली ज्यानको बाजी लगाएर रोजगारीका लागि महामारीको यस्तो भुमरीमा जान बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत अनुसन्धाता डा. रत्नमणि नेपालका अनुसार कोरोना महामारीका कारण नेपाल आएका मात्र होइन, अहिलेसम्म भारत नगएका पनि अब भारत जान सक्छन् ।

‘बृहत् ढंगले हेर्ने हो भने स्वदेशी श्रम बजार कमजोर भएका कारण यो परिदृष्य देखियो ।
नेपाली न त खेतीपातीमा नै अडिन सक्ने आधार भो, न रोजगारीका अन्य विकल्प । मेरो विचारमा त कोरोनाकालअघिका वर्षहरूमा भन्दा अबचाहिँ भारत जाने कामदारको संख्या बढी हुन सक्छ । किनभने नेपालका साना तथा मझौला उद्योग र अनौपचारिक क्षेत्रमा जसरी रोजगारी गुमेको छ त्यो हामीले तत्काल पूर्ति गर्न सकिने देखिँदैन,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies