Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका थिए । संयोग के छ भने हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका हुन् । दुबै मुद्दा इलाका प्रहरी कार्यालय कञ्चनरुपले चलाएको छ ।

बालिका पीडित भएको उजुरीमा सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला बत्ती गएको मौका छोपी आरोपितले भदौ १ गते राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिएर टोलभन्दा करिब चार सय मिटर टाढा धान खेतमा लगेर बलात्कार गरेको उल्लेख छ ।

अहिले तीनै थुनामा परेको आरोपितकी श्रीमती पीडित भएको उजुरीमा आरोपित दाजुभाइले असोज ३० गते बिहान ‘मर्निङ्ग वाक’मा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाढ भएको बारीमा एक्लै भएको मौका छोपी नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending