धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।
महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उनले बताए । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिएका बुढामगरले भने, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौं ।” आफ्नो गाउँवाट १५ वटा खसी खरिद गरी धनगढी बजारमा व्यापार गरेका उनका गएको चार दिनमा जम्मा पाँच खसी मात्र बिक्री हुन सकेका छन् ।
विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् । बाख्रापालन गर्दै आएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशैंको समयमा खसी बोकाको घुम्ति व्यापार नै गर्नु भएन । ‘‘जताततै कोरोनाको त्रास देखिँदा व्यापार गरेर कमाई गर्ने बाटो बन्द भयो”, थापाले भने । चुरे गाउँपालिकामा स्थानीय किसानले पालेका झण्डै २५० खसीबोका भने यसपाली काठमाडौँ र पोखरावाट आएका व्यापारीले खरिद गरेर लगेका छन् । ‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो रु ५००देखि५५०मा खरिद बिक्री भइरहेको छ”, स्थानीय किसान प्रेम आचार्यले भने, “यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु७००देखि ८०० सम्ममा बिक्री हुने गरेको रहेछ ।”
बाख्रापालनका लागि उर्बर भूमि मानिने चुरे गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकको छ । हाल ३६ वटा बाख्रा पाल्दै आएका आचार्यले सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिएपनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताए । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन र फलफूल खेती छ ।
घर घरमा खसी बोकाको मार हान्ने र देवी—देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दशैंको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको व्यापारीको भनाइ छ । पहाडी क्षेत्रमा पालिएका खसी बोका दशैंको समयमा कैलालीका सहरी क्षेत्रका अलावा जिल्ला बाहिर समेत बिक्रीका लागि लैजाने गरिएको छ । यस पटक कोरोनाको सङ्क्रमणको जोखिमका कारण किसानले पर्याप्त सङ्ख्यामा खसी बोका बजारमा ल्याउन नसकिएको व्यापारीले बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: