काठमाडौं । महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउन समेत नसक्ने घोषणा गरेको सरकारले साधारण खर्चमा भने ढुुकुटीमा बाढी लगाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आर्थिक रूपमा मितव्ययी हुने घोषणा गरेको सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको खर्चमध्ये ९० प्रतिशत रकम साधारण खर्च हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले सोमबार साँझसम्म कुल दुई खर्ब १३ अर्ब ९४ करोडको चेक काटिकसेको छ । सोमध्ये एक खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ साधारण खर्च हो । विकासतर्फ यो तीन महिनामा जम्मा १९ अर्ब ३६ करोड मात्र खर्च भएको छ । जब कि तीन अर्ब ४१ करोड रुपैयाँ वित्तीय व्यवस्थाको रूपमा ऋणको साँवा र ब्याज तिर्न खर्च गरिएको छ ।
सरकारले बजेट प्रस्तुत गर्दा भनेको थियो, ‘देश यसपालि महामारीको चपेटामा परेकोले मितव्ययी नीति अख्तियार गरिनेछ ।’ जनताको उपचारका लागि बजेट छैन भनेर सरकारी अधिकारीहरूले पटक पटक दोहोर्याए पनि सरकार सुविधा र भत्ता वितरणमा किञ्चित पनि मितव्ययी बनेको छैन ।
उता पुँजीगत खर्चतर्फ सरकारले पर्याप्त खर्च गर्न नसकेकाले गत वर्षबाटै एक खर्ब ४१ अर्ब बचतको रूपमा सरकारी ढुकुटीमा आएको छ । वैदेशिक ऋण तथा अनुदान, तल्लो तहमा खर्च हुन नसकेर फिर्ता आएको रकम र अन्य आम्दानीसमेत गर्दा सरकारको ढुकुटीमा अहिले पनि सवा दुई खर्ब रुपैयाँ रहेको देखिन्छ ।
चालू आर्थिक वर्षमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा भैपरि आउने चालू खर्चका लागि १० अर्ब ४१ करोड ७५ लाख रुपैयाँ छ ।
संघीय सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १९ असोजसम्म दुई अर्ब ७६ करोड ९९ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सर्वसाधारण, उद्योगी–व्यवसायी, निजी प्रतिष्ठान, सार्वजनिक संस्थानलगायतले रकम सहयोग गरेका छन् ।
संघीय सरकारको जस्तै स्थानीय तह र प्रदेशमा समेत यस्ता कोष छन् । गत भदौसम्ममा प्रदेशका कोषमा ८७ करोड ८६ लाख रुपैयाँ र स्थानीय तहका कोषमा एक अर्ब ३५ करोड रुपैयाँ बाँकी थियो । असोजसम्मको अद्यावधिक तथ्यांक भने सार्वजनिक भइसकेको छैन । यसरी संघीय सरकारदेखि प्रदेश र स्थानीय तहको कोषमा करिब पाँच अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
‘यहाँ बजेटमा व्यवस्था नभएको रकम भत्ताका रूपमा वितरण गरिएको छ, जनताका लागि त रकमान्तर गरेर पनि बजेट जोहो गर्न सकिन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सरकारको प्राथमिकता के हो, बजेट त्यसैमा खर्च हुन्छ, यो राजनीतिक निर्णयमा भर पर्छ ।’
असार मसान्तमा सरकारी ढुकुटीमा एक खर्ब ४१ अर्ब रुपैयाँ बचत थियो । साउनदेखि आइतबारसम्ममा सरकारले एक खर्ब ९९ अर्ब ९४ करोड रुपैयाँ प्राप्ति गरेको छ । त्यस्तै, ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । थप तीन अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्ने प्रक्रियामा छ । करिब ६० अर्ब रुपैयाँ (चार सय ९० मिलियन डलर) वैदेशिक ऋण सरकारी खातामा प्राप्त भइसकेको छ ।
सरकारको बचत र प्राप्ति जोड्दा करिब चार खर्ब तीन अर्ब रुपैयाँ हाराहारी देखिन्छ । यस अवधिमा सरकारले कुल दुई खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारको बचतसहितको आय–व्यय हिसाब गर्दा सरकारको ढुकुटीमा अहिले करिब दुई खर्ब ३२ अर्ब रुपैयाँ छ । यसर्थ, सरकारले चाहेमा जनताको उपचारका लागि आर्थिक स्रोतको दुःख छैन, संवेदनशीलताको भने अभाव नै छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: