Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बन्दबाट सप्तरी ठप्प, अप्रिय घटना हुन नदिन प्रहरी तैनाथ

\"Nepal५ साउन, सप्तरी । संविधानसभाको मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा मंगलबार आह्वान गरिएको तरार्ई—मधेस बन्द कार्यक्रमअन्तर्गत सप्तरीमा बन्दको व्यापक असर परेको छ । बन्दकर्ताले मंगलबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका यातायात ठप्प पारेर नाराबाजी गर्दै बन्द गराएका छन् भने शिक्षण संस्था, बजार, पसल, उद्योगधन्धा र कलकारखानासमेत बन्द गराएका छन् । त्यस्तै, पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको भारदह, रुपनी र कल्याणपुरको विशनपुरचोकमा समेत बिहानैदेखि मधेसी नेता तथा कार्यकर्ताले राजमार्ग अवरुद्ध गरी बन्द गरेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले बताए । बिहानदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमबाट आउनेजाने सयौँ सवारी साधन राजमार्गमै थन्किएका छन् । तर अहिलेसम्म कुनै किसिमको अप्रिय घटना नभएको र थप घटना हुन नदिनका लागि ठाउँ ठाउँमा प्रहरी प्रशासन तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैबीच, बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेको बताइएको छ । भद्रपुर- संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चा गरेको बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । संविधानको मस्यौदामा सोमबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा मोर्चाले गरेको शान्तिपूर्ण विरोधमा तराईका धेरै जिल्लामा प्रहरीले बल प्रयोग गरेको कारण मोर्चाले बन्दको आह्वान गरेको हो । मोर्चामा सङ्घीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् । मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ । विराटनगर– मोर्चाको आह्वानमा मंगलबार बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेस बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ सङ्ख्यामा यात्रु अलपत्रमा परेका छन् । बिहानैदेखि बसपार्कमा आएका यात्रु अचानक सवारीसाधन ठप्प भएपछि अलपत्रमा परेका हुन् । सिरहा– यसैगरी मोर्चाले घोषणा गरेको मधेस बन्दका कारण सिरहाको जनजीवन पनि प्रभावित बनेको छ । बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैन । यहाँका बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छ । एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, र अन्य अत्याश्यक सवारीसाधन भने चल्न दिएको सङ्घीय समाजवादी फोरम नेपालका युवा नेता विजय यादवले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending